माओवादी केन्द्रले गोर्खामा भट्टराईलाई पन्छाउदै

0
14

नेकपा माओवादी केन्द्रले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई गोरखाको दुबै निर्वाचन क्षेत्र नछाड्ने अडान लिएको छ ।नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई गोर्खा क्षेत्र नं २ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेकै बेला माओवादीले नारायणकाजी श्रेष्ठलाई गोर्खा २ बाट उम्मेदवार बनाएर भट्टराईलाई पन्छाउन खोजेको हो । तर, एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि भट्टराई र श्रेष्ठमध्ये को भन्ने प्रश्न उठेको छ ।

माओवादी नेताहरुका अनुसार श्रेष्ठले योपटक आफू गोरखा २ बाट चुनाव लड्ने अडान लिएका छन् । त्यसपछि भट्टराईलाई गोरखा १ बाट उठाउने छलफल भयो । तर, माओवादी गोरखाका नेताहरुले यो क्षेत्र पनि भट्टराईलाई दिन नसक्ने अडान लिएका छन् ।  डा बाबुराम भट्टराई एमालेको चुनाव चिन्ह लिएर उठेपछि गोर्खामा राजनीति गर्न माओवादी केन्द्रले आफूलाई अप्ठेरो हुने महसुस गरेको छ । सिट बाँडफाँटको कार्यदल बैठकमै माओवादी केन्द्र नयाँ शक्तिका संयोजक भट्टराईलाई गोर्खा २ दिन तयार भएका छैनन्।

बाम गठनबन्धन बनाएर भट्टराई सूर्य चिन्हमा उम्मेदवार भएपछि माओवादी केन्द्र र एमालेले त्यहाँ उम्मेदवारी दिने छैनन्। यस्तोमा गोर्खा २ का माओवादीहरूले पनि सूर्य चिन्हको प्रचार गर्नुपर्छ। माओवादीका एक नेताले गोर्खाको ‘ग्राउण्ड भट्टराईको प्रतिकुल रहेको बताएका छन् । धेरै माओवादी साथीहरू नयाँ शक्तिका कारण स्थानीय निर्वाचनमा दुई भोटदेखि ५ भोटले गाउँमा हार्नु भएको छ । गोर्खालाई माओवादीले प्रतिष्ठाको विषय बनाएको छ। बाबुराम र नारायणकाजीको गोर्खामा एउटै निर्वाचन क्षेत्र हो । स्थानीय निर्वाचनमा पालुङटार नगरपालिकामा नयाँ काँग्रेस विजयी हुँदा माओवादी केन्द्र दोश्रो र नयाँ शक्ति तेश्रो भएको थियो। तर, मतअन्तर झिनो छ ।

एमालेको सहयोग पाउँदा भने भट्टराईलाई त्यहाँ थप सहज हुनेछ। गोर्खा क्षेत्र नं २ मा पालुङटार सहित अजिरकोट गाउँपालिका, सिरानचोक र सुलिकोट पर्दछन्। आफूलाई माओवादी केन्द्रले अन्यन्त्र जान सुझाएपछि भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार बिहान छलफल गरेका छन्।

प्रतिक्रिया दिनुहोस