स्याङ्जा बाट प्रतिनिधि सभा र प्रादेशिक सभा निर्वाचनको लागि १ सय १२ जनाको नाम सिफारिस

0
51

नेपाली काङ्रेस स्याङ्जाले अब हुने प्रतिनिधि सभा र प्रादेशिक सभा निर्वाचनको लागि १ सय १२ जनाको नाम सिफारिस गरेको छ । उम्मेदवार बन्न आतुर नेताहरुलाई स्याङ्जा काङ्रेशले क्षेत्रीय समितिबाट सिफारिस भएको आधारमा जिल्लाका २ प्रतिनिधि सभा र ४ प्रादेशिक सभाका लागि उम्मेदवारको नामावली केन्द्रीय समितिमा सिफारिस गरेको हो । स्याङ्जाका दुबै क्षेत्रबाट उपप्रधान मन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई सिफारीस गरेको छ ।

अहिले स्याङ्जाको काङ्रेशजनमा प्रतिनिधिसभा र प्रदेश सभाको लागि उमेदवार को हुने भन्ने चर्चा चल्न थालेको छ। पार्टीले ढिलो उमेदवार छनोटको मापदण्ड नबनाउदा स्याङ्जामा आकाक्षी उमेदवार बढेका हुन् ।

सिफारिस गरे अनुसार प्रतिनिधिसभा प्रत्यक्ष तर्फ क्षेत्र नं. १ मा वर्तमान सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, सांसद राजु थापा, महासमिति सदस्य तथा तरुण दल पूर्व केन्द्रिय सदस्य गोविन्द बहादुर रानाभाट,ब्यावसायी खुमा प्रसाद अर्याल, पुर्व जिविस सभापति शिबकुमार अधिकारी परेका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ को समानुपातिक तर्फ भने पूर्व राज्य मन्त्री ईन्द्र बहादुर गुरुङ्, महासमिति सदस्य हिरादेबी शर्मा, प्रजातन्त्र सेनानी तारापति सुबेदी र मनिषा अर्याल सिफारिसमा परेका छन्। बर्तमान सांसद राजु थापा र महासमिति सदस्य गोबिन्द रानाभाट बढी चर्चामा रहेको पाईएको छ ।

क्षेत्र नं. १ को प्रादेशिक सभा क्षेत्र क को प्रत्यक्ष तर्फ देबी अर्याल, गोविन्द कुमार कर्माचार्य,तरुण दल पूर्व केन्द्रिय सदस्य मेखलाल श्रेष्ठ, भरत प्रसाद लम्साल, अजित क्षेत्री, कृष्ण प्रसाद अर्याल, दशरथ अर्याल, ओम बहादुर भट्ट क्षेत्री, सोमनाथ लम्साल, दुर्गा प्रसाद पौडेल, नेम बहादुर राना, पवन नेपाल, नरेश पोख्रेल, नवराज सुबेदी, डोलराज पोख्रेल, किरण बन्धु अर्याल, मुक्ति अधिकारी, गंगा बहादुर काफ्ले र शिवसंसार श्रेष्ठ सिफारिस भएका छन्। यस् क्षेत्र बाट सबै भन्दा धेरै ब्यक्ती सिफारिस भएका छन् । त्यसैगरी समानुपातिकमा भने मोति बहादुर आले, नसिबदिन मिया, तेजप्रसाद रिजाल, श्रीप्रसाद जि.टी., राजकुमारी गुरुङ्, तारा अर्याल, कृष्ण बहादुर आले, बन्दना लम्साल, मेघ बहादुर खड्काको नाम सिफारिस गरेको छ । यस क्षेत्रबाट प्रत्यक्ष तर्फ मेखलाल श्रेष्ठ र समानुपातिक तर्फ भने श्रीप्रसाद जि।टी। र नसिबदिन मिया सम्भावना दर्हो देखिन्छ ।

क्षेत्र नं. १ को प्रादेशिकसभा को क्षेत्र ख मा प्रत्यक्ष तर्फ महासमिति सदस्य तुलसी गिरी, प्रेमराज पौडेल, बुद्धि बहादुर राना, ईन्द्र बहादुर गोदार, गोपाल प्रसाद ढकाल, खिम बहादुर गुरुङ्, बद्रि प्रसाद पौडेल, युवराज ढकाल र प्रेम बहादुर खत्री क्षेत्री सिफारिसमा परेका छन् । त्यस्तै समानुपातिक तर्फ देबेन्द्र गुरुङ्, तारा मल्ल, रेखा थापा, जनकराज खनाल, डल्ले सार्की, गिता चपाई, डिल बहादुर खत्री, साह महमद मिया, दीर्घनारायण शर्मा, मञ्जु पनेरु, महमद हुसेन-मुन्ना सेख, टेक बहादुर सुबेदी, प्रदिप कुमार पौडेल, अम्बिका देबी पौडेल, अमृत वि.क., राजेश श्रेष्ठ र माया खत्री क्षेत्री सिफारिस भएका छन्।

कांगेस स्याङ्जाका अनुसार प्रतिनिधि सभा क्षेत्र नं. २ का लागि सांसद कमलप्रसाद पंगेनी, व्यवसायी खुमा प्रसाद अर्याल, उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, सांसद धनराज गुरुङ्, धु्रवप्रसाद शर्मा पंगेनी, भोजराज अर्याल, भुमा शर्मा पाण्डे र मोहनप्रसाद पाण्डेलाई क्षेत्रले सिफारिस गरेको छ। त्यस्तै क्षेत्र नं. २ बाट समानुपातिक तर्फ महिला नेतृ खगिसरा भण्डारी, महासमिति सदस्य गजिन्द्रप्रकाश मल्ल र लक्ष्मिकान्त रेग्मी, पूर्व सांसद शंकर प्रसाद पाण्डे साथै हुमनाथ कोईरालालाई सिफारिस गरेको छ। प्रतिनिधि सभाका लागि यस् क्षेत्र बाट उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको नाम सर्बसम्बत हुने देखिन्छ। यदी गोपालमान श्रेष्ठ पुन समानुपातिकमा गएमा जिल्ला सभापति कमल प्रसाद पंगेनीको नाम चर्चामा रहेको छ ।

स्याङ्जा क्षेत्र नं. २ को प्रादेशिक सभा क्षेत्र नं क बाट प्रत्यक्ष तर्फ युवा नेता विष्णु पौडेल, तरुण दल पूर्व जिल्ला अध्यक्ष अर्जुन प्रकाश अर्याल, अर्जुन प्रसाद खनाल,पुर्ब जिल्ला सभापति खगेन्द्रराज रेग्मी, तोयनाथ अर्याल, दामोदर लम्साल, देबी प्रसाद अर्याल, दिपक रोकाहा, नेत्र प्रसाद पाण्डे, मधु सुदन गैह्रे, मुक्ति प्रसाद सुबेदी, सूर्य प्रसाद रेग्मी र सरस्वती तिवारी अर्याल सिफारिसमा परेका छन्। त्यसै गरी समानुपातिक तर्फ अम्मरलाल कर्माचार्य, कविता तिवारी गैह्रे, कुम्भराज गुरुङ्, कुल बहादुर गुरुङ्, याम बहादुर गुरुङ्, लिल बहादुर रनपाल, लोकनाथ अर्याल, शोभा गैह्रे र श्याम प्रसाद अर्याललाई पार्टिले सिफारिस गरेको छ । युवाहरुको आकलनमा प्रत्यक्ष तर्फ युवा नेता विष्णु पौडेल र समानुपातिक तर्फ कबिता तिवारी गैह्रे र याम बहादुर गुरुङ् को चर्चा रहेको छ ।

क्षेत्र नं. २ को प्रादेशिक सभा क्षेत्र नं ख बाट को प्रत्यक्ष तर्फ तरुण दल जिल्लाका अध्यक्ष भागवत प्रकाश मल्ल,महासमिती सदस्य युवा नेता श्याम प्रसाद बश्याल, महाधिवेसन प्रतिनिधि गुरु प्रसाद भट्टराई, देब बहादुर खाण ‘ईश्वर’, याम प्रसाद पाण्डे, बिद्यार्थी नेता युवाराज पाण्डे, लालगोपाल अर्याल, श्यामप्रसाद भण्डारी, चन्द्रा अधिकारी र होमनाथ पाण्डे सिरफारि भएका छन्। तर टिकट पाउने चर्चा भने भागवत प्रकाश मल्ल र श्याम प्रसाद बश्यालको रहेको छ। दुबै जना युवामाझ चर्चित रहेका छन् । यता समानुपातिक तर्फ भने लक्ष्मण प्रसाद भट्टराई, कुल प्रसाद भट्टराई, महेन्द्र श्रेष्ठ ‘श्रीप्रसाद’, माया राना, हरिबाबु पोख्रेल र हरिहर पाण्डेको नाम सिफारिस गरिएको भएपनी टिकट पाउने चर्चा भने लक्ष्मण प्रसाद भट्टराई र माया रानाको छ ।