पाँचथर काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो

0
14

आउदो मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि नेपाली काँग्रेस पाँचथरले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ । प्रदेश सांसदको आकांक्षीमा दुईजना पत्रकारको नामसमेत पार्टीले सिफारिस गरेको छ ।जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधिसभाका लागि पार्टीका आदिवासी विभाग प्रमुख भीष्मराज आङ्देम्बे, महासमिति सदस्य मित्रप्रसाद काफ्ले र महाधिवेशन प्रतिनिधि डिकेन्द्र चेम्जोङको नाम सिफारिस गरेको छ ।

त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नं १ बाट बालकृष्ण ओझा, लवदेव ढुंगाना, नरेन्द्रकुमार केरुङ, रूपनारायण जबेगुको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ बाट सुरेन्द्रकुमार दाहाल, वीरेन्द्रकुमार खड्का, सूर्यकुमारी नेम्वाङ, धर्मेन्द्रविक्रम नेम्वाङ, खड्गसुन्दर लावतीलगायत छजनाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभाको लागि समानुपातिकतर्फ पूर्णकुमार शेर्मा, दीपकप्रकाश बाँस्कोटा, चन्द्रकला केरुङ र कृष्णकुमारी खतिवडाको नाम सिफारिस गरेको छ भने प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं १ बाट अम्बिका न्यौपाने, हरिप्रसाद ओझा, मधु जबेगु, पूर्णबहादूर नेपाली, विश्वराज योङ्या, यज्ञ भट्टराई, छवि बाँस्कोटा, सुरेन्द्र तिम्सिना, नारायण कोइराला, जयप्रसाद रिजाललगायत १४ जनाको नाम चयन गरेको छ ।

क्षेत्र नं २ बाट समानुपातिकतर्फ हरिराज आङ्दम्बे, धनेन्द्र चेम्जोङ, रामराज आङ्दम्बे, गंंगामाया आङ्दम्बे, आशा आङ्दम्बे, नीरबहदुर धमला र वीपेन्द्र गौतमको नाम सिफारिस गरिएको कुरा छेत्रीय सभापति समर बहादुर अधिकारीले हाम्रो सेरोफेरोलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस