नेकपा एमालेले प्रदेश ४ को मुख्यमन्त्रीमा पूर्वमन्त्री गुरुङलाई अघि सार्ने

0
137

नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर ४ संयोजक किरण गुरुङलाई प्रदेश ४ को मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । पूर्वमन्त्री किरण गुरुङलाई तनहुँको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ ।

मुख्यमन्त्रीका दाबेदार मानिएका लमजुङका पृथ्वीसुब्बा गुरुङ र कास्कीका रवीन्द्र अधिकारीलाई भने प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरिएको छ । यससँगै गुरुङ प्रदेश ४ मा एमालेबाट मुख्यमन्त्रीको निर्विकल्प उम्मेदवारका रुपमा हेरिएको छ । २०६४ सालको संविधान सभा चुनावमा तनहुँ क्षेत्र नम्बर ३ बाट विजयी भएका गुरुङले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा वनमन्त्रीको जिम्मेबारी पाएका थिए । एमाले नेता किरणले पनि मुख्यमन्त्रीको उम्मेदवार पार्टीले आधिकारिक घोषणा गरे आफू तयार रहेको बताएका छन् । 

तर माओवादी केन्द्र र नयाँ शक्तिसँग चुनावी तालमेलसँगै पार्टी एकता नै गर्ने सहमति भएकाले मुख्यमन्त्रीको उम्मेदवार पक्का भएको मान्न नसकिने नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस