सम्पादकिय,  दशैकाे महत्व र अहिलेको दशै मेरो गुनासो

0
22

देश भरी दशैको चहल पहल सुरु भयो बिदेश रहेका नेपाली आफन्त सँगै दशै मनाउन नेपाल फर्कन थालेका छन् तर मेरो मनमा दशै आए जस्तै भएको छैन ।
पहिले पहिले खरले छाएको-रातोमाटोले लिपेको सानो घरमा माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थो तर अहिले त्यो कहाँ ? ठुला ठुला सिमेन्टेड घर बन्दै गए । दसैलाई भन्दै घोर्ले बोको घरको पालिमा बाधिन्थो र पो दसै आएझै लाग्थो । घटस्थापनाका दिनदेखी कोटघरमा दुर्गा पूजा हुने गर्दथे। साथीभाइ मिलेर टाढा टाढासम्मका देबी देबताको को दर्शन गर्न मन्दिर मन्दिर धाइन्थ्यो । अहिले नजिकैको मन्दिरजाने फुर्सद नै कहाँ भयोर ? दसैलाई भन्दै साचेर राखेको काक्रो थाङ्ग्रामै पाकेर पट्पटी फुट्थो र पो दसै आएझै लाग्थो । रोटे पिङ्को लागी माद्लखाबो काट्न गइन्थो लिङ्गे पिङको डोरी बाट्न पाट-बाबियो उठाउदै हिडिन्थो फुलपातीका दिन देखी लिङे पिङ हाल्ने र खेल्नेको भिड गाउँको चौतारामा थामी नसक्नु हुन्थ्यो र पो दसै आएझै लाग्थो। दसैलाई भन्दै टेको लगाएर राखेको केरा बोट्मै पहेलपुर हुन्थो र पो दसै आएझै लाग्थो । दसैलाई भन्दै सेल रोटी बनाउनका लागि चामल कुटेर पिठो बनाउन रातभरि गाउका ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे र पो दसै आएझै लाग्थो । दसैलाई भन्दै गामघरका कुवापदेरो बाटोघाटो सरसफाइमा जुटिन्थो । दसैलाई भन्दै मिठो मसिनो कुट्नु-पिन्नु गर्न ढिकीजातोमा भ्याइ नभ्याइ हुन्थ्यो । गाउँको चौतारोमा सास्कृतिक कार्यक्रम हुन्थ्यो, खेलकुदका कार्यक्रममा सहभागी हुन भ्याई नभ्याई हुन्थ्यो अनी पो दशै आए जस्तो आभास हुन्थ्यो । बिदेशबाट फलानो आयो ढिस्कानो आउदेन रे नासो पठाएछ भनेर कुरा गर्न पाइन्थो। पोहोरको दसैमा यती दक्षिणा भएथ्यो, अहिले कती हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थो । बर्ष कुरेर बल्लबल्ल नया लुगा आङ्मा पर्थो र पो दसै आएझै लाग्थो । अघिपछी एक फिर्को मासुसँग कचौरो भरि झोल खाने बानी परेको मान्छेलाई आफ्नै घरमा सिङै खसी ढालिन्थो र पो दसै आएझै लाग्थो ।
मुग्लानीहरु हररर अत्तर बासआउदै भरियालाई भारी बोकाएर खाङग्रे डोकोमा खत्राक्कखुत्रुक सामन हालेर टेप रेकर्डर घन्काउदै गाउँ छिर्थे । घरमै आफ्नो मात्रै मनमौजी गर्नेगरी प्राइभेट पिङ हालिदिनु पर्छ भनेर आमाबासँग माग राखेर लडिबुडी खेल्दै अनसन बसिन्थो र पो दसै आएझै लाग्थो । सधै निख्लो ढिडो र मकैको भात पाक्ने गरीबका अगेनामा एक्कासी धानको भात पाक्दा अचम्म लाग्थो र पो दसै आएझै लाग्थो । निधारले नपुगेर गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का पैसा झिल्झिलेमा हालेर छन्द्राङछन्द्राङ पार्दै हिड्न पाइन्थो र पो दसै आएझै लाग्थो ।

टिका लगाउदै हिड्दा कोहिकोही मान्यजनले यो बज्जिया त छोरोमान्छे पो हो त । छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन भन्दै पैसा नदिएर जमरा मात्रै हातमा राखिदिदा छोरी भएर नजन्मेकोमा पछुतो मानिन्थो र पो दसै आएझै लाग्थो । तर खै त अहिले त्यो दसै ? उफ्स सम्झिदापनी बैराग लाग्छ्; त्यसैले मागेर पाउने भए म मेरो त्यो बेलाको दसै माग्थे । नागरिकतामा उमेर घटाएर फेरी त्यो “बालापन ” फर्कने भए म जुनसुकै मुल्य चुकाएर पनि त्यो “बालापन ” साट्थे तर अपसोच नियती सामु म निरिह छु ।दशैकाे महत्व
जे होस अहिलेको दसैं पहिले जस्तो नभएपनी दशै भनेको कसैलाई दसा नबनोस् सबैको मनमा शान्ती छाओस हाम्रो सेरोफेरोको तर्फ सम्पूर्ण मानब जातिमा शुभ कामना ।

उमेश भट्टराई
प्रधान सम्पादक
हाम्रो सेरोफेरो
हाम्रो मिडिया प्राईवेट लिमिटेड