शान्ती, संविधान कार्यान्वयन र समृद्धी नेपाली काँग्रेसकै नेतृत्वमा – अध्यक्ष महर

0
16

नेपाली काङ्रेशको नेत्रित्वमा दोस्रो र् तेस्रो चरणको स्थानिय चुनाव सम्पन भएको र अब प्रदेश र प्रतिनिधिसभाको चुनाव समेत काङ्रेशको नेत्रित्व मा सम्पन्न गरेर देशको आर्थिक बिकास तर्फ लम्कने कुरा अध्यक्ष महरले बताउनु भएको छ । नेपाल विधार्थी संघका केन्द्रिय अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले प्रदेश नं ७ को जल ,जमीन र जंगलको उचित दोहन गरेर समृद्ध सुदुरपश्चिम र विकसित नेपाल वनाउने काँग्रेसको सपना पुरा गर्ने समय आएको बताउनु भएको छ ।

हिजो कैलालिको धनगढिमा पत्रकारहरुसंग कुरा गदै अध्यक्ष महरले ४० हजार मेगावार्ट भन्दा वढि सम्भावना रहेको विधुत उत्पादन पनि ७ नम्वर प्रदेशसंग रहेकाले समृद्धिको वाटोको ढोका खोल्नुपर्ने धारणा राख्नु भयो । कर्णाली ,पन्चेश्र सेती जस्ता नदिवाट विधुत उत्पादन गरि सुदुरपश्चिमलाई इलेक्टीक प्रदेश वनाउन सकिने समेत बताउनुभयो ।

सुदुरपश्चिमका जनताको आवश्यक्ताको सम्बोधन
गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा विकास गरी ३ वर्ष भित्रै स्वास्थ्य उपचार लगाएत पढाईलाई सुचारु गरि जनतालाई सेवा दिने वातावरण निमार्ण गर्न नेविसंघले सरकार संग माग राखेको समेत अध्यक्ष महरले बताउनु भयो । अहिलेको जस्तै कछुवाको गतिमा काम भए २० वर्ष सम्म पनि मेडिकल कलेज सुचारु ह्ुने सम्भावना नभएकाले सरकारले तत्काल प्रतिष्ठानमा परिणत गरि प्रर्याप्त वजेट विनियोजन गर्नुपर्ने कुरा ब्यक्त गर्नु भयो। नेपाली काँगेसका पार्टि सभापति शेर वहादुर देउवाको नेतृत्वमानै सुदुरपश्चि र सम्रग देशले काँचुली फेर्ने वताए । अध्यक्ष महरले सुदुरपश्चिम र मध्यपश्चिमाञ्चल विश्वविधालय लाई प्रर्याप्त वजेटको व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाले यस क्षेत्रका सवै क्याम्पसहरु आंगिक भैसकेको अवस्थाले पनि यो क्षेत्र शैक्षिक प्रगतिको पथमा अगाडि वढ्ने कुरा धारणा राख्नु भयो । एक अर्को प्रसँगमा अध्यक्ष महरले एमालेको अन्धराष्टवाद र मधेस केन्द्रित दलको अतिवादलाई नेपाली जनताले तिरस्कार गरेर स्थानीय चुनावमा नेपाली काँग्रेसलाई सवैभन्दा वढि मत दिएको समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस