अमेरिकामा नेपाली सस्कृतीको प्रवर्धन गर्दै उमंग

0
340

नेपालमा बडा दशैको रौनक सुरु हुँदै गर्दा नेपाल बाहिर रहेका हिन्दू र नेपालीहरुमा समेत आफ्नो धर्म, सस्कार र सस्कृतीको अभ्यास गर्नु सामान्य हो । त्यही माझमा नेपाल बाट संयुक्त राज्य अमेरिकामा अध्ययनका लागि गएकी उमंग रानाभाट (एन्ड्रिला ) आफ्नो अध्ययन बाट निस्केको फुर्सदिलो समय नेपाली नृत्य सँगै नेपाली सस्कृतीको प्रर्वधनमा लागेकी छन् ।

सानै देखी नृत्यमा दख्खल उमंग नेपालमा रहदा समेत राष्ट्रिय स्तरको प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छन् । अमेरिकाको क्यालिफर्नियामा बस्ने स्नातक अध्ययनरत रानाभाटको उक्त राज्यमा हुने नेपाली र भारतीय सास्कृतिक कार्यक्रममा पहिलो रोझाईमा पर्ने कलाकारहरु मध्यमा पर्दछिन् ।

नेपाली कलाकार पनि विश्वब्यापी बन्न सक्छन् भन्ने देखाउनु उनको एक मात्र लक्ष्य हो । उमंग रानाभाट साउद एसियामा चर्चामा रहेका कलाकार मध्य आफ्नो नाम आओस  मेहनत यसैका लागि रहेको बताउछिन। एक दिन उमंगले लक्ष्य छुनेछिन् उनी विश्वस्त छिन् ।

दशै सुरु भए संगै उमंग रानाभाट (एन्ड्रिला ) नेपाली लोक सास्कृतिक नृत्य प्रस्तुत गर्न भ्याई नभ्याइ छ । हाम्रो सेरोफेरोको तर्फबाट सफल कलाकारिताको जीवनको शुभ कामना । बडा दशैको शुभकामना ।