काङ्रेशले जनताको भावना बुझेर काम गरेको छ- उपप्रधानमन्त्री श्रेष्ठ

0
116

नेपाल सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सरकारले जन भावना बुझेर कार्य गरेको बताउनु भएको छ। आज गृह जिल्लाको गल्याङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो। शिक्षा मन्त्री श्रेष्ठले अवको शिक्षा जीवनोपयोगी र व्यवसायीक हुनुपर्ने बताउनु भयो । हरेक सामुदायीक विद्यालयमा व्यवसायीक शिक्षा लागु गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सबै युवाहरुलाई रोजगारमुलक शिक्षा दिएर बैदेशिक रोजगारमा जानबाट रोक्नुपर्ने धारणा व्यक्त गर्नु भयो । उपप्रधान मन्त्री भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आउनु भएका नेता श्रेष्ठले स्याङ्जाको विकासका लागि आफु सधै तत्पर रहेको बताउनुभयो । यस अघीका  निर्वाचनमा चुनाव लड्दै आएका श्रेष्ठले अव हुने संघको निर्वाचनमा पनि यही क्षेत्रबाट लड्न सक्ने शंकेत गर्नुभयो । कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व सभासद मोहन प्रसाद पाण्डे लगायतले आफ्नो धारणा राख्नु भयो ।  

आजै उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले स्याङ्जाको वालिङ नगरपालिका भवनको उदघाटन तथा स्मार्ट वालिङ पिङ्क कलरको शुभारम्भ गर्दै तिन चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनले संविधान कार्यन्वयनको बाटो तर्फ लम्केको बताउनुभएको छ। संविधानमा असन्तसष्ट रहेको मधेसवादी दलहरुले पनि तेस्रो चरणको निर्वाचनमा भाग लिएकाले अव सबै दलहरुले यो संविधानको अपनत्व लिएको दाबी गर्दै उपप्रधान मन्त्री श्रेष्ठले अव मुलुकलाई समृद्ध बनाउन तेरो र मेरो नभनीकन सबैदलहरु एक जुट भएर मुलुकलाई निकास दिने तर्फ लाग्नु पर्ने आवश्यकता रहेको बताउनु भयो।

कार्यक्रममा व्यवस्थापिका संसद एबम् नेपाली काङ्रेश जिल्ला सभापति कमल प्रसाद पंगेनी, संसद राजु थापा, प्रमुख जिल्ला अधिकारी महेश आचार्य, नेकपा एमालेका पाटी प्रतिनिधि दानबहादुर गुरुङ्, माओवादी केन्द्रका प्रतिनिधि प्रकाश न्यौपाने, राजमोका जिल्ला अध्यक्ष राजेन्द्र गैहे्र, नगर प्रमुख दिलिपप्रताप खाँण, उपप्रमुख कल्पना तिवारी, कार्यपालिका सदस्य रेखा थापा लगायतका बक्ताहरुले वालिङलाई स्मार्ट सिटीको रुपमा विकास हुन थालेकोमा खुशी व्यक्त गर्नु भयो । गरे ।