मन्त्रीको संख्या होईन कामलाई प्राथमिकता दिनु पर्छ – प्रधानमन्त्री देउवा

0
34

किन मन्त्रिपरिषद् ठूलो बनाएको भन्ने जिज्ञासामा प्रधानमन्त्री सेरबहादुर देउवाले कानुनतः ६० जनासम्म मन्त्री बनाउन सक्ने अवस्थामा अहिले त्यसको नजिक मात्रै पुगेको बताएका छन् । संख्यालाई होइन कामलाई हेर्न आवश्यक छ । प्रधानमन्त्री देउवले कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्दै मन्त्रिपरिषद् जम्बो बनाएको आलोचन सहितको समाचार बाहिर आएकोमा त्यसलाई कानुनमा जोडर घटाउने भन्दा अझ थप्न मिल्ने बताउँदै आफू कानुनसम्मत अघि बढेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीन दुवैले नेपालको आपसी सम्बन्धको समस्या राम्ररी बुझेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७२ औ महासभामा भाग लिन न्युयोर्कमा रहेका देउवाले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।विभिन्न विषयमा उच्च शिक्षा अध्ययनरतसँगको अन्तर्क्रियामा भने, ‘भारत र चीन दुवै हाम्रा छिमेकी मित्र राष्ट्र हुन् । नेपालले दुवैसँग मित्रबत सम्बन्ध राखेर अघि बढिरेहेको छ र बढ्नुपर्छ । हाम्रो समस्या उनीहरु दुवैलाई राम्ररी जानकारी छ । सायद उनीहरु एक आपसमा पनि कुराकानी गर्लान नेपालको समस्या बारेमा भन्ने मलाई लाग्छ ।’

भारत र चीनको चपेटामा नेपाल परेको हो भन्ने जिज्ञासामा उनले पुन स्पष्ट पार्दै भने हामीले कसैको पक्ष लिदैनौं र नेपाल अहिलेसम्म कसैको अधिनमा नपरेको मुलुक हो त्यसैले यहाँ चपेटा पर्ने भन्ने नै हुँदैन । भारत र चीनको समस्या पर्दा समेत नेपालले आपसी समस्या छलफलबाट समाधान गर्न दुवै मुलुकलाई आग्रह गरेको खुलाउँदै भने, ‘हामी असंलग्न परराष्ट्र नीति अंगालेर अघि बढेका छौं । त्यसैले समस्या समाधानको लागि आग्रह गर्न सक्छौं । तर, कसैको पक्षमा हामी लविङ गर्दैनौं । अन्यको त्यस्तो प्रकारको कुनै दबाब पनि हामी सहँदैनौं ।’

उदाउँदो दुई छिमेकबाट फाइदा लिने र विकास प्रक्रियामा अघि बढ्ने नीति सरकारको रहेको पनि उनले स्पष्ट पारे । उनीहरुको चासोलाई ध्यानमा दिएर साझा धारणा विकास गरेर अघि बढ्न पर्ने बताए । अब राजनीनितक स्थायित्व कायम गर्दै विकास प्रक्रियामा नेपाल अघि बढ्न ढिलो गर्न नहुने भन्दै उनले भने, ‘तत्काल हाम्रो ध्यान प्रदेश र संघको निर्वाचन सफल पार्ने र राजनीतिक स्थायित्व दिँदै विकास प्रक्रियामा अघि बढ्ने नै हो ।’

नेपाल अन्य राष्ट्रको अधीनमा नगए पनि मुलुक भित्रको जहाँनिया शासन, एकतन्त्रीय व्यवस्थाले सधैं थिचिएको बताए । त्यसका लागि नेपाली जनताले पटकपटक लडाईं गर्न परेको स्मरण गर्दै देउवाले भने, ‘नेपाल संघीय गणतान्त्रिक मुलुकको रुपमा स्थापित हुँदै गएको र त्यो लागूहुने क्रममा रहेको छ। सम्पन्न स्थानीय निर्वाचन पछिल्लो उदाहरण हो । अब अर्को निर्वाचन पछि हाम्रो सफलता स्पष्ट हुने छ ।’ प्रजातन्त्रको स्थापना पछि नै नेपालीले सर्वसुलभ ढंगले पासपोर्ट पाउन थालेको भन्दै प्रधानमन्त्रीले भने अहिले विश्वमा नेपालीहरु छरिएर रहेका छन् । त्यही नेपालीले कमाएर नेपाल पठाउने रेमिट्यान्सले पनि मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस