आफ्नै क्षेत्रमा जनताले विश्वाश नगरेका शीर्ष नेताहरु

0
41

शीर्ष नेताहरू आफैंले मतदान गरेका वडामा आफ्ना उम्मेदवारलाई जिताउन असफल भएका छन् । केही नेता भने आफ्नो वडामा मात्रै होइन, गाउँ-नगरकै प्रमुख पदमा समेत पार्टीका उम्मेदवारलाई जिताउन सफल भएका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि कांग्रेस नेता विमलेन्द्र निधिसम्म आफ्नै गाउँ-नगरको वडामा कमजोर देखिएका हुन् । तर, यस्ता नेता आंशिक मात्रै छन् ।

पूर्वप्रधानमन्त्री माधव नेपालको गृहक्षेत्र हो, रौतहट गौर नगरपालिका–२ । त्यहाँको वडामा राजपा उम्मेदवार राकेशकुमार झाले चुनाव जितेका छन् । झाले एमालेका उम्मेदवार रामपरीक्षण राय यादवलाई २ सय २३ मतान्तरले पराजित गरे ।कांग्रेस नेता विमलेन्द्र निधिले मतदान गरेको वडामा पनि त्यस्तै अवस्था रह्यो । धनुषाको नगराइन नगरपालिका २ मा निधिले मतदान गरेका थिए तर, त्यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार नरेश यादवले प्यानलसहित जितेका छन् । एमाले नेता नागेन्द्र चौधरी पनि आफ्नै वडा जिताउन नसक्ने नेतामा पर्छन् ।

पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ घर भएका चौधरीको वडामा नेपाल लोकतान्त्रिक फोरमले जितेको छ । लोकतान्त्रिक फोरमका राजेश्वर महतो थारू ५३५ मत ल्याएर विजयी भए । गाउँपालिका अध्यक्षमा भने एमालेकै हरिनारायण चौधरी विजयी भएका छन् । कांग्रेस नेता सरसफाइमन्त्री महेन्द्र यादवले पनि आफ्नो गाउँपालिकाको वडामा पकड जमाउन सकेनन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका( ३ मा राजपाका तेजुकमार यादव विजयी भएका छन् । उनले कांग्रेसका महानन्द यादवलाई पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस