हावाई यात्री स्वागतका लागि पुष्पगुच्छा बितरण

0
52

हिन्दू सस्क्रितीमा फुलको छुट्टै महत्व रहेकोछ । पूजाआजा, बिदाई, बिजयी उत्सब स्वागत हेरक कार्यमा फुल नभै हुन्न। यसै कुरालाई ध्यानमा राखेर पुष्प ब्यवसायी हरुको सस्था फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानले आफ्नो रजत जयन्तीको अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो दिनभर आवतजावत गर्ने पाँच हजार भन्दा बढी स्वदेशी तथा बिदेशी यात्रुलाइ पुष्पगुच्छा वितरण गरेको छ ।

पुष्प तथा पुष्पजन्य बस्तुहरुको प्रयोगका लागि जनचेतना जगाउन पुष्पगुच्छा वितरण कार्यक्रम गरिएको थियो । स्वदेशमा उत्पादन हुने पुष्प तथा पुष्पजन्य बस्तुको प्रयोग गरौं र वातावरणलाई स्वच्छ राखौं भन्ने मुल उद्देश्य र फुल सस्कारको बारेमा जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्षकुमार कसजु श्रेष्ठले बताउनुभयो । अन्तर्राष्ट्रिय टर्मिनलमा तीन हजार र आन्तरिक टर्मिनलमा दुई हजार यात्रुहरुलाई पुष्प गुच्छा प्रदान गरिएको फ्यानले जनाएको छ । पुष्पजन्य बस्तुहरुको प्रयोगलाई ब्यापक बनाउँदै नेपाली उत्पादनको प्रयोग र ब्यवसायलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने लक्ष्य रहेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस