२ नम्बर प्रदेशमा मतदान सुरु

0
17

२ नम्बर प्रदेशमा मतदान सुरु भएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ । मतदानका लागि १३६ वटै स्थानीय तहमा उल्लासमय उपस्थिति देखिएको छ । मतदाताहरु बिहानैदेखि मतदानका लागि लाममा लागेकाे  छन् । पहिलो र दोस्रो चरणको चुनाव बहिस्कार गरेको राजपा तेस्रो चरणको चुनावमा सहभागी भएको छ । उसले प्रदेश २ मा पहिलो पार्टी बन्ने दाबी गरेको छ ।

२ नम्बर प्रदेशको १३६ स्थानीय तहमा आज निर्वाचन हुँदैछ । यसअघि देशका ६ प्रदेशमा स्थानीय तहको निर्वाचन भए पनि प्रदेश २ मा राष्ट्रिय जनता पार्टी (राजपा) लगायत दललाई सहभागी गराउन निर्वाचन रोकिएको थियो । राजपासहित निर्वाचनको विपक्षमा रहेका दलहरु सहभागी हुन तयार भएपछि त्यहाँ आज निर्वाचन भएको हो । प्रदेश २ का आठ जिल्लाका १३६ स्थानीय तहमा ६ गुणाभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा छन् । कुल ६ हजार ६२७ पदका लागि ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन्। राजपा नेता राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वार्ड नं २ को श्री दुर्गा खोभारी जनता उच्च मा बि मतदान केन्द्रबाट मतदान गरेका छन ।

प्रतिक्रिया दिनुहोस