जिल्ला वन कार्यालय नवलपरासीद्धारा विश्वकर्मा बाबाको मुर्ती नियन्त्रण

0
28

नवलपरासीको मध्यबिन्दु नगपालीकामा विशवकर्मा पुजाको अवसरमा सामुदायिक वनमा विश्वकर्माको मुर्ती स्थापना गर्ने क्रममा जिल्ला वन कार्यालय नवलपरासीले उक्त मुर्ती नियन्त्रणमा लिएको छ । मध्यविन्दु १० अरुणखोलाको एक सामुदायिक वनमा स्थानियहरुले पुजाका लागि स्थापना गर्न लागिएको मुर्ती विनाकारण वन कार्यालयले हस्तक्षेप गरी नियन्त्रणमा लिई धर्ममाथि हस्तक्षेप गर्न खोजेको भन्दै स्थानियबासिले आक्रोश ब्यक्त गरेका छन । रनजनौतिक दलसंग सहमति गरी उक्त मुर्ती स्थापना गर्न लागिएकोमा विना कारण नियन्त्रणमा लिएको स्थानिय दिपक रणपालले बताउनुभयो । सो विषयमा जिल्ला वन अधिकृत विजयराज सुवेदिसंग बुझ्दा कुनै पनि वहानामा वन अतिक्रमण गर्न लागीएकोले सो मुर्ती यिन्त्रणमा लिईएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस