सबै किसिमको दुर्ब्यवहार बिरुद्द डेटर लड्छु-गायिका बसन्ता प्रकृती

0
41

दाङको ग्रामीण क्षेत्रमा जन्मिएकी आधुनिक गायिका बसन्ता प्रकृती यतिबेला चर्चित र संघर्षरत गायिकाको रुपमा दर्शक श्रोता माझ परीचित छन् । संगीतका क्षेत्रमा भविश्य खोज्दै गरेकी उनले करिब एक दर्जन गीतमा स्वर दिइसकेकी छन् । नेपाली संगित र बसन्ताले गरेको संघर्शको बारेमा हाम्रो सेरोफेरोले गायिका प्रकृतीसँग गरिएको अन्तरंग :-

१ आफुलाई के भनेर चिनाउनुहुछ ?
आम नेपाली जस्तै नेपाललाई माया गर्ने गायिका बसन्ता प्रक्रिती भनेर चिनाउन चाहन्छु ।
२ परिवारमा को को हुनुन्छ ?
सबै जना हुनुहुन्छ ।
३ शिक्षा कहाँ लिनु भो ? योग्यता कती पुग्यो ?
एसएलसी सम्म दाङ र संगितमा इन्टरमिडियट र ब्याक्लर पद्मकन्या क्याम्पस बागबजार बाट पुरा गरे । अब मास्टर गर्ने तयारीमा छु ।
४ सानो हुँदा के बन्छु बन्ने लक्ष थियो ?
समाजसेबी बनेर काम गर्छु भन्ने थ्यो । तर संगीतिक क्षेत्रमा लाग्न पुगे ।
५ कलाकारितामा लाग्ने प्रेरणा कसरी मिल्यो ?
आफ्नै अन्तरमन बाट आत्मा देखी मन भो अनी परिवार र गुरुको प्रेरणा, संगीतिक क्षेत्रका साथीहरुको संगतले गर्दा गाईका बन्न पुगे
६ पहिलो पटक कुन गीत गाउँउ भयो ?
२०६८ सालमा पहिलो पटक रेडियो नेपालमा ‘टाढा हुनु रहेछ त नजिक आयौ किन’ भन्ने बोलको गीतमा स्वर दिएको थिए । त्यही बाट मेरो 7 ७ गायन यात्रा औपचारिक रुपमा सुरु भयो ।
८ तपाईंलाई चिनाउने गीत कुन हो ?
मनमा एल्बम् को कती बस्छौ टाढा बन्ने गीतले मलाई चिनाउन सहयोग गर्‍यो ।
९ किन कलाकारिता नै रोजाईमा पर्‍यो ?
म संगितमा सानै देखी रम्ने मान्छे, संगितलाई आत्मा देखी चाहेर होला ।
१० कलाकारितामा लाग्नेले धेरै कुरामा अनेकौ सम्झौता गर्नु पर्छ भन्छन नि ? के तपाईंलाई सम्झौता गर्न पर्‍यो ?
अ सुनेको छु तर अैलेसम्म मैले केही कुरामा सम्झौता गर्नु परेको छैन भोली त्यस्तो अवस्था आयो भने डेटर सम्झौता बिरुद्ध सबै किसिमको दुर्ब्यवहार बिरुद्द डेटर  लड्ने प्रण गर्छु  । 
११ केटा भएर जन्मनु भएको भए कसलाई मन पराउनु हुन्थ्यो ?
म केटा भएर जन्मेको भए करिस्मा मानन्धरलाई धेरै मन पराउथ्ये होला हा हा हा
१२ तपाईंले अहिले सम्म गरेको गलत निर्णय ?
गीत संगित क्षेत्रमा अली ढिला लागेछु भनेर पछुताएको छु जुन मैले अैले सम्म गरेको गलत निर्णय हो । म गायन क्षेत्रमा अली अगाडी देखी लाग्नु पर्थ्यो ।
१३ संगीतिक क्षेत्रमा स्थापित हुन के चाहिदोरहेछ ?
आत्मबिश्वास, काम प्रतिको लगनसिलता, मेहनत, धैर्यता र कठिन परिस्रम संगितिक क्षेत्रमा स्थापित हुन चाहिने प्रमुख मन्त्र हो  ।

प्रतिक्रिया दिनुहोस