नेबिसंघ कुरा भन्दा काम गर्ने बिद्यार्थीको साझा सस्था हो – अध्यक्ष महर 

0
54

लौह पुरुष भनेर चिनिने नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको २० औं स्मृति दिवशका अवसरमा आज राजधानीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्पकुमार शाही लगायत दर्जनौ विद्यार्थी नेताले रक्तदान गरेका छन् । अध्यक्ष महरले रक्तदान कार्यक्रममा छोटो धारणा ब्यक्त गर्दै नेबिसंघ कुरा भन्दा बिद्यार्थीहरुको लागि काम गर्ने साझा सस्था भएको बताउनु भएको छ । कार्यक्रम नेबिसंघ काठमाडौं जिल्ला कार्यसमितिले गरेको हो ।  भाषण गरेर भन्दा केही गरेर देखाउनुपर्छ भन्ने मान्यताका साथ आयोजकले रक्तदान जीवनदान भन्ने नाराका साथ रक्तदान कार्यक्रमको आयोजा गरेको नेबिसंघ काठमाडौंका अध्यक्ष मनोज बैद्ध्यले हाम्रो सेरोफेरोलाई बताए ।

प्रतिक्रिया दिनुहोस