रुकुममा असली लोकतन्त्र आएको छ-अध्यक्ष प्रचण्ड

0
28

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुकुममा असली लोकतन्त्र आएको बताएका छन् । पूर्वी रुकुमको रुकुमकोटमा शनिबार आयोजित सभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले रुकुमेली जननताले सिङ्गो नेपाललाई उत्साहित वनाएको बताए । विपक्षीहरुले रुकुममा लोकतन्त्र नआएको भन्छन् । तर, म भन्छु रुकुममा असली लोकतन्त्र आएको छ ।“जनयुद्धमा जनताकाबीचमा हामी थियौँ, उत्पीडित वर्गको साथी बनेर अघि बढ्यौँ, शान्ति प्रक्रियामा आइसकेपछि संगठनले जसरी जनताका बीचमा जानुपर्ने हो, त्योअनुरुप जान सकिएन, फलस्वरुप स्थानीय तहको चुनावमा सन्तोषजनक परिणाम आएन, तर पनि हाम्रो ऐजेण्डा जितेको छ ।”अध्यक्ष दाहालले भने ।

रुकुमका सबै स्थानीय तह माओवादी केन्द्रले जितेको छ ।  माओवादी अध्यक्ष प्रचण्ड आफूहरुले चलाएको जनसत्ताको वैधानिक रुप नै अहिलेको स्थानीय सरकार भएको बताए । ‘कसैले माने पनि नमाने पनि यी -स्थानीय तह) हिजोका जनसत्ता नै हुन्’ उनले भने, तपाईहरु राम्रोसँग वुझ्नु होला । अनि काम पनि त्यसरी नै गर्नुहोला ।’

पहिलो संविधानसभामा पहिलो पार्टी रहेको माओवादीले आफ्नै अहंकारले तेस्रो बनेको बताउँदै उनले भने, ‘अहिले तपाईहरुले स्थानीय सरकार चलाइरहनु भएको छ, दम्भ नदेखाउनु होला ।’ आफू मधेसको चुनावी अभियानबाट आएको भन्दै प्रचण्डले मधेस अहिले माओवादीमय भएको दाबी गरे । उनेल भने, ‘पार्टी एकता भएदेखि सकारात्मक सन्देश गएको छ, तपाईहरु पनि त्यसरी नै जुट्नुहोला ।अध्यक्ष दाहालले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने जिकिर गर्दै पछिल्लो समयमा मधेश, तराई, पहाड र हिमाल सबैतिर माओवादी केन्द्रमा फर्कनेको ठूलो लहर रहेकाले अब हुने निर्वाचनमा यो ठूलो पार्टी हुने बताए ।

प्रतिक्रिया दिनुहोस