३५० किलोमिटर प्रतिघण्टा चल्ने रेल सेवा केही बर्षमा भारतमा

0
48

छिमेकी देश चीनले आफ्नो तीव्र गतिको बुलेट रेल विश्वकै तीव्र रेलमध्ये मानिएको फक्सिङ बुलेट रेल सेवाको गति ३५० किलोमिटर प्रतिघण्टा गूड्ने गरेको छ। यसको उच्च गति ४०० किलोमिटर प्रतिघण्टा भएपनि सुरक्षालाई ध्यानमा राख्दै ३५० मै चलाइने भएको हो। यस्तै अब ३५० किलोमिटर प्रतिघण्टा चल्ने रेल भारतमा भारतमा पनि सुरु हुने भएको छ। भारतको पहिलो बुलेट रेल गुजरातको अहमदाबाददेखि मुम्बईसम्म चल्नेछ। 

बिबिसीका अनुसार भारतमा बुलेट रेल संचालन गर्न जापान सरकारले करिब १७४० अर्ब रुपैयाँ ऋण दिएको हो। जापानी प्रधानमन्त्री शिन्जो अबेले बिहीबार भारतमा बुलेट रेल संजाल निर्माण शिलन्यास गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहजिल्लाबाट सुरु हुने यो रेल सेवामार्फत् ५०० किलोमिटर दूरी ३ घण्टामा पार गर्न सकिने अपेक्षा गरिएको छ। साविकमा यो दूरी पार गर्न ८ घण्टा लाग्दै आएको छ। ७५० वटा सिट भएको यो रेल सेवा सन् २०२० अगस्टदेखि सन्चालन गर्ने गरी काम भइरहेको छ, यो चल्ने अधिकांश ट्र्याक जमिनभन्दा माथि बनाइनेछ भने करिब ७ किलोमिटर ट्र्याक समुन्द्रमुनि बनाइएको सुरुङमार्गमा हुनेछ। पूरा बाटोमा कुल १२ वटा स्टेशन राख्ने योजना छ। हाल भारतमा चलिरहेका रेलभन्दा यो कम्तीमा दुई गुणा तीव्र छ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस