गल्याङबाट तीन अपहरणकारी पक्राउ

0
34

अपहरण र फिरौती माग्दै गरेको अवस्थामा गल्याङबाट तीन जाना अपरणकारी पक्राउ परेकाछन् । बुटवल उपमहानगरपालिका-५ बस्ने ३८ वर्षका जनुरद्दिन मियाँलाई अपहरण गरी फिरौती माग्ने उनका भाइ पर्ने मोहबिनदिन मियाँसहित तीन जनालाई स्याङ्जाको गल्याङ प्रहरीले प्रक्राउ गरेको हो ।  चप्पल तथा जुत्ता मियाँलाई अपहरण गरी फिरौती माग्दै कुटपिट गरि घाइते बनाएपछि घाइते अवस्थामा रहेका जनुरद्दिन मियाँलाई अपहरणकारीले नै गल्याङ सामुदायिक अस्पतालमा उपचारको लागि लगेको थिए । जनुरद्दिनलाई अपहरण गरी ३५ लाख रुपैयाँ फिरौती रकम माग्दै कुटपिट गर्ने मोहबिनदिन कान्छा बुवाको छोरा भएको प्रहरीले जनाएको छ । 

कुटपिटबाट गम्भीर घााइते भएका मियाँले अस्पतालमा लैजान आग्रह गर्दै फिरौती रकम दिन्छु भनेपछि मात्र अपहरणकारीले उपचारका लागि अस्पताल लगेको मियाँको भनाई छ । मियाँले चिकित्सकलाई आफूलाई अपहरणमा परि कुटपिट गरी बनाएको भन्दै प्रहरीलाई खवर गरीदिनका लागि अनुरोध गरेका थिए । अस्पतालको सूचनाको आधारमा गल्याङ अस्पतालबाट मियाँलाई अपहरण मुक्तगरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ ।

प्रहरीले पीडित मियाको बा. ८ च. ३५६२ नम्बरको कार र उनकै कारभित्र अपहरणकारीले प्रयोग गरेको कालो झोलाभित्र ३ वटा खुकुरी, कालो रङको फलामको पन्चिङ १ थान, ड्रील मेसिनको ड्रिप जस्तो देखिने फलामको ६ ईन्च लम्बाईको ड्रिप १ थान फेला परेको छ । । अपरहणकारीले प्रयोग गरेका लु. १७ प. ९४३१ नम्बरको साईन, र लु. २२ प. १४१२ नम्बरको पल्सर मोटरसाइकलसमेत प्रहरी नियन्त्रणमा छ । घटना सम्बन्धमा शरीर अपहरण, बन्दक तथा ज्यान मार्ने उद्योगमा मुद्दा चलाऊने वडा प्रहरी कार्यालय वालिङ जनाएको छ ।