राप्रपा प्रजातान्त्रिक सरकारमा जाने 

0
10

आज काठमाडौंमा बसेको संसदीय दलको वैठकले गरेको निर्णयअनुसार राप्रपा प्रजातान्त्रिकबाट चार जना मन्त्री हुने भएका छन्।राप्रपा प्रजातान्त्रिकको संसदीय दलका नेता दीपक बोहोरा विज्ञान तथा प्रविधिमन्त्री, सुनील थापा उद्योगमन्त्री, विक्रम पाण्डे वनमन्त्री, रमेश लामा राज्यमन्त्रीका रुपमा मन्त्रिपरिषद छिर्दैछन्  बन्ने टुंगो भएको प्रधानमन्त्री तथा मन्त्रिपरिसद कार्यालय श्रोतले जनाएको छ ।  

सबैको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको र सोमबार बिहान ११ बजे शपथ कार्यक्रम रहेको उनले जानकारी दिए, कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर  राप्रपा प्रजातान्त्रिक बनेपछि पहिलो पटक सरकारमा जान लागेको हो। 

राप्रपा अध्यक्ष पशुपतिशम्सेर राणाले संविधानको कार्यान्वयन तेस्रो चरणको स्थानिय निर्वाचनको सफल कार्यान्वयन र आगामी संघीय संसद र प्रदेश सभाको निर्वाचनलाई सफल र सार्थक रुपमा कार्यान्वयन गराउन राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी भएको कुरा बताएका छन्। पार्टी स्रोतले दिएको जानकारी अनुसार अन्य केहि राज्य मन्त्री पनि सरकारमा पठाउने तयारी भएको छ।