समाज सेवा गर्न राजनीति सिक्दै मन्त्री पुत्र

1
463

नेपाली राजनीतिमा पारिवारिक राजनीतिक बिरासत धान्नेमा प्रकाशमान सिंह, बिमलेन्द्र निधी, सुजाता कोईराला शसाक कोईराला त अग्रस्थानमै आउछन तर बर्तमान राजनीतिमा कती नेताका सन्ततिले  राजनीतिमा चासो राख्छन त सोचनिय बिषय बनेको छ । वरिस्ट नेताकै छोरा छोरी राजनीतिलाई फोहरी खेल भनेर बाबुबाजेको समाज प्रतिको लगावलाई निरन्तरता दिन हिचकिचाई रहेका यो परिस्थीतिमा एक यस्ता युवा जो समाजसेवामा राजनीतिलाई त्यती नजिक बाट नियालेका थिएनन् ।तर आजकाल लगाबका साथ ति युवा राजनीति सिक्दै छन् । नेपाली काङ्रेशका तर्फ बर्तमान सरकारमा उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठका कान्छा छोरा सम्पूर्ण मान श्रेष्ठ तिनै मध्य एक युवा हुन् जो समाज सेवा गर्न राजनीति सिक्दै छन् । बुवाले प्रजातन्त्र ल्याउन धेरै दु:ख गर्नु भो पारिवारिक समय सबै जनता र देशका लागि बिताउनु भयो । म जस्ता धेरै युवाहरुको उज्जल भविश्यका लागि गरेको दु:ख मलाई पनि भोग्न मन छ । सम्पूर्ण आजकाल उपप्रधानमन्त्री बुवा सँगै बिहान समयमै मन्त्रालय जान्छन् , बुवाको दैनिक कार्यतालिका बनाउन तल्लिन हुन्छन, जिल्ला बाट आउने कार्यकर्ता देखी देशी बिदेशी डेलिगेड्स सँग हुने बुवाको मिटिङमा सँगै बसेर कसरी कार्यकर्ताको समस्या समाधान गर्न सकिन्छ भन्ने काममा  तल्लिन हुन्छन् । सम्पूर्णमान श्रेष्ठ राजनीति के हो अध्ययन गर्न चाहन्छन् । 


उपप्रधानमन्त्री श्रेष्ठको सचिबालयको काममा ब्यस्त सम्पूर्णमान श्रेष्ठ

समाजसत्रमा स्नातक श्रेष्ठ भन्छन समाजको बिकास गर्न समाजलाई बुझ्नु सक्नु पर्छ। राजनीतिमा अघिल्लो पुस्ताले गरेको मेहनत र दु:खको कदर गर्न सक्नु पर्छ, राजनीतिमा पुरनो पुस्तालाई प्रेरणा मानेर समाजको बिकास गर्न सकेमात्र युवालाई देशमै रोजगार दिन सकिने बताउछन् । समाजमा बिभिन्न स्थरका मनिस सँग काम गर्दा समाज अध्ययन गर्न सकिने भन्दै समाजमा केही गर्न खोजी गरिरहेका छन् । सम्पूर्णमान श्रेष्ठ भन्छन समाजमा बिभिन्न बर्गका मनिस सँग काम गर्दा उनलाई खुब आनन्द आउछ । भुकम्पले देशमा धवस्त पारीरहेको बेला सम्पूर्ण प्रभावित भुकम्प पीडित सुत्केरी तथा नवजात बालबालिकाको लागि १५० आस्थाइ घर टहरा आँफै निर्माण गरेर हस्तान्त्रण गरेका थिए भने, बुवाको सचिबालयबाट समय निकालेर हाल तराईमा डुवान परेका परिवारलाई सहयोग गर्न समेत पुगेका थिए । सम्पूर्ण बुवाको नामले होईन आफ्नो कामले समाजमा चिनिन चहान्छन् । 

भुकम्पका बेला उद्धार तथा राहात बितरणमा ब्यस्त सम्पूर्ण

समाज  सेवा गर्ने मन छ त्यसैले राजनीतिमा आउन चाहान्छु, पदमा बसेर हाइ प्रोफाईल राजनीति होईन समाजमै बसेर गाउँ घरको समस्या बुझेर सम्स्या समाधान गर्ने मन छ – सम्पूर्ण भन्छन । सम्पूर्ण एक यस्ता युवा हुन् जो राजनीतिलाई पेसा होईन समाज सेवा गर्ने माध्याम बनाउनु पर्छ भन्छन । त्यसैले उनको तर्क छ पढेका युवा राजनीतिमा आए समाज सफा हुन्छ राजनीति स्वछ खेल बन्छ । सबै राजनीति गरे काम कसले गर्ने तर राजनीति नगर्नेले समेत देश कता जादै छ, समाजमा के हुँदै छ भन्ने जान्नु आवश्यक छ भन्दै राजनीतिलाई पेसा होईन सेवाको माध्याम बाट हेर्न आग्रह गरिरहेका छन् उपप्रधानमन्त्री श्रेष्ठका कान्छा सुपुत्र सम्पूर्णमान श्रेष्ठ ।