स्मार्ट गाउँ बनाउन लागे वालिङका युवा

0
74

स्याङ्जाको वालिङ नजिकै रहेको सानो र सुन्दर गाउँ पित्लेक, पाडेथोक जहाका युवाहरु गाउँलाई स्मार्ट गाउँ बनाउन तम्सिएका छन् । १४ बर्ष देखी गाउँमा भएका कुरुती र बिसंगती हटाउन लागेका युवाहरुको समुहले नव संगम युवा क्लव मार्फत आज पित्लेक पाडेथोकमा आफ्नो गाउँ बिकास गरौ आफ्नै ठाउँ भन्दै वृहत् भेला तथा अन्तरक्रिया सम्पन्न गरेको छ।

कार्यक्रममा स्थानीय बुद्दिजिबि र सरोकार वालाहरुको बीच मा छलफल र परामर्स गरि कार्य योजना सार्वजनिक गरेको हो। क्लवको अध्यक्ष प्रकाश लामिछाने ले बिगतको बर्ष देखि नै क्लबले सामाजिक न्याय र सुशासनका बारेमा खवरदारी गर्नुका साथै युवाहरुलाई संगठित गर्दै कुलत बाट बचाउन बिभिन्न रचनात्मक कार्यहरु गर्दै आएको जानकारी दिए। स्थानीय बुद्दिजिबिहरुले बिकास गर्ने तागत र जिम्मेवारी युवाहरु संग रहेकोले युवाहरुको ध्यान विकास निर्माणमा लगाउन पर्नेमा जोड दिएकाछन्।

क्लवले अनेक बाहानामा चन्दा असुल गर्ने कार्य विकृति भएको भन्दै समाज मा चेतनाको बिकास गराएर मन बचन देखी जनश्रमदानको प्रयोग बाट काम गर्न उचित देखिने सहभागीको धारणा रहेको थियो। १४ बर्ष पहिले स्थापना भएको यस क्लवले युवा र बालबालिकाको रुची र चाहना अनुसार धर्म र सस्कृति झल्कने सास्कृतिक कार्यक्रमहरु निरन्तर गर्दै आएको छ।

सुन्दर गाउँको परिकल्पना गर्दै टोल टोल र सडकका घुम्ती तथा चोक चोकमा ३५ थान बिजुली बत्ती बालेर उज्यालो गाउँ बनाउने तथा गाउँ सरसफाईको लागि फोहोर ब्यबस्थापन डस्विन राख्ने कार्य गरिसकेको छ | आगामी बर्षको कार्ययोजनामा भने कृषि पेशालाई व्यवसायीकरण गर्ने अर्गानिक तरकारी करेसावारी निर्माण, हरेक घरमा गुलाबको फुल रोप्ने ,गाउँका घरहरुमा एउटै रंग लगाउने, पर्यटन व्यवसाय फस्टाउने जस्ता खालका योजना ल्याउने, गाउँमै वेरोजगार हटाउन रोजगारीमूलक तालिम सेमिनार गोस्टीहरु संचालन गर्ने, युवाहरुलाई बिदेशिन बाट रोक्न स्वदेशमै सामुहिक लगानीको वातावरण सिर्जना गर्ने, निशुल्क ईन्टरनेट सहित एउटा पुस्तकालय निर्माण गर्ने, लगाएत वालिंङ नगरपालिकाले ल्याएको स्मार्ट वालिङको परिकल्पनालाई सहयोग गर्ने गरी स्मार्ट गाउँ निर्माण गर्ने योजना रहेको जनाएको छ।