सरकारले खाद्य तथा पोषण सुरक्षालाई अधिकारमुखी दृष्टिकोणबाट योजना बनाई कार्यान्वयमा ल्याएको छ – उपप्रधानमन्त्री श्रेष्ठ

0
9

उपप्रधामन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले नेपाल सरकारले खाद्य तथा पोषण सुरक्षालाई मानवीयभन्दा अधिकारमुखी दृष्टिकोणबाट योजना बनाई कार्यान्वयमा ल्याएको बताएका छन् । आज काठमाडौंमा नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गरिरहेका विभिन्न दातृ निकायको सहयोगमा राष्ट्रिय योजना आयोगद्वारा दक्षिण एशियामा खाद्य तथा पोषण सुरक्षा विषयमा आयोजित अन्तरराष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले खाद्य तथा पोषण सुधारमा अन्तरमन्त्रालय समन्वय गरी कार्यक्रम निरन्तर जारी रहेको र विद्यालयका बालबालिकामा पोषणमा सुधार ल्याउन विद्यालयमा खाजा कार्यक्रमसमेत सञ्चालनमा रहेको जानकारी दिए ।

राष्ट्रिय योजना आयोगको समन्वयमा कृषि, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका, स्थानीय विकास, स्वास्थ्य तथा शिक्षा मन्त्रालयले बहुक्षेत्रीय पोषण योजनालाई कार्यान्वयनमा ल्याइरहेका छन् । पहिलो चरणको योजना सफल भएपछि आयोगले दोस्रो चरणको योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।दोस्रो चरणको योजनामा ती मन्त्रालयका साथसाथै वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई थप गर्न लागिएको छ । सो योजनाले पाँच वर्षमुनिका पुड्को ३६ प्रतिशतबाट २०, ख्याउटे १० प्रशितलाई न्यून, कम तौल २७ प्रतिशतबाट १२ र रक्तअल्पता कम गर्ने अति महत्वकांक्षी योजना समावेश गरिएको छ ।