काङ्रेश जिताउन नेबिसंघले प्रतिनिधि खटायो

0
111

बढी पीडितको आहातमा मलमा लगाउन तराई झरेका नेबिसंघका कार्यकर्तालाई दुई नम्बर प्रदेशमा हुन गैइरहेको स्थानिय चुनावमा काङ्रेशलाई जिताउन परिचालन गरेको छ । एक हप्ता अगाडि बसेको केन्द्रिय समितिको बैठकको निर्णय अनुसार सो प्रतिनिधि खटाएको कुरा नेबिसंघ केन्द्रिय अध्यक्ष नैन् सिंह महरले बताउनु भएको छ । राहात बितरणमा गाउँ गाउँ खटेका युवा बिद्यार्थीहरुलाई काङ्रेशका उमेदवारको प्रचार सगै राहात कार्यक्रममा समेत बिशेष ध्यान पुर्याउन निर्देशन दिनु भएको छ । नेपाली काँग्रेस जीताउन २ नं. प्रदेशका महानगर, उपमहानगर, नगर र गाँउपालिका गरी १३६ स्थानीय तहमा ने.वि. संघले केन्द्रिय प्रतिनिधि खटाएको हो ।

यस अघी नै नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले तराईका बढी पीडित बालबालिका, सुत्केरी महिला तथा जेष्ठ नागरिकलाई लक्षित गरी ६० लाख बराबरको राहात बितरण गरिसकेको छ । दुई नम्बर प्रदेश का १३६ स्थानिय तहमा भोली बेलुका सम्म सम्पूर्ण प्रतिनिधि पुग्ने र चुनाव सम्पन्न गरेर मात्र केन्द्र फर्कने कार्य आदेश यस अघीको केन्द्रिय समितिको बैठकले निर्णय भएकाले सोही अनुसार गर्न नेबिसंघ अध्यक्ष महरको भएको हो । खटेका प्रतिनिधिले आगामी अधिबेशन लक्षित गरी सदस्यता नबिकरण तथा नयाँ सदस्य बितरण गर्ने कार्य समेत सँगै लैजाने अध्यक्ष महरले बताउनु भएको छ । चुनावमा खटिएका प्रतिनिधिहरुले स्थानिय युवा बिद्यार्थी सम्मिलित निर्वाचन परिचालन तथा प्रचार प्रसार समिती निर्माण गरी घरदैलो लगायत चुनावि गतिविधिमा होमिने तयारी गरेको छ । यस चुनावमा नेबिसंघले प्रत्यक बुथमा स्वयमसेबक समेत खटाइ अपाङ्ग तथा जेष्ठ नागरिकको सहयोग गर्न निर्देशन् दिएको अध्यक्ष महरले बताउनु भएको छ ।

दुई नम्बर प्रेद्शका सम्योजक एबम नेबिसंघ उपाध्यक्ष सञ्जय कुमार यादबको नेत्रित्वमा बिद्यार्थी भेला प्रशिक्षण कार्य गर्दै आई रहेको छ । नेपाली काङ्रेशको सबै भन्दा कृयासिल र धेरै सदश्यता भएको भात्री संगठन नेपाल बिद्यार्थी संघ नेपाली काङ्रेशको भरोसार र आसाको केन्द्र हो । अहिले सम्मको कृयाकलाप हेर्दा मात्री पार्टिको कार्यमा साथमा साथ नमिलाई कुनै कार्य गरेको छैन । दुई नम्बर प्रेदेशको स्थानिय चुनावमा समेत नेबिसंघको भूमिका मह्त्वपूर्ण र ऐतिहासिक हुने कुरा नेबिसंघका महामन्त्री सरोज कुमार थापाले हाम्रो सेरोफेरो लाई बताउनु भएको छ ।