युवाहरुको भेलाले तरुण दल फेदिखोला गाउपालिका तदर्थ समिती गठन

0
16

स्याङ्जा जिल्लामामा तरुण दलको चहलपहल बड्दो छ त्यही क्रममा आज फेदिखोला गाउँपालिका स्तरिय विशेष तरुण भेला तथा तदर्थ समिती गठन गठन भएको छ । नेपाली कांग्रेस स्याङ्जाका प्रजातन्त्रका सेनानी तारापती सुवेदी को प्रमुख आतिथ्यतामा सम्पन्नभएको कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल फेदिखोला गाउँपालिका सयोजक स्वागत रानाभाटले गर्नु भएको थियो भने स्वागत मन्तव्य तरुण युबा नेता हिक्मत जङ कार्कीले गर्नु भयो। कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र न १ का सभापति तुल्सी राम रेग्मी, नेपाली काङ्ग्रेस महासमिती सदस्य गोबिन्द रानभाट,हिरा देबि शर्मा,महाधिवेशन प्रतिनिधि देबेन्द्र गुरुङ,नेपाली काङ्ग्रेस जिल्ला सदस्य रेखा कार्की,नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष भगवत प्रकाश् मल्ल,उपाध्यक्ष शिब सन्सार श्रेष्ठ ,नेपाल तरुण दल क्षेत्र न १ का अध्यक्ष कुम बहादुर गुरुङ,फेदिखोला गाउँ पालिका वार्ड न ३ का अध्यक्ष कृष्ण रानाभाट ,त्यसै वार्ड का सदस्य कुल बहादुर रानाभाट साथै नेपाली कांग्रेस फेदिखोला गाउँपलिकाका सम्योजक महेन्द्र थापाले सुभकामना मन्तब्य व्यक्त गर्नु भयो।

भेलाबाट स्वागत रानाभाटको अध्यक्षतामा १९ सदस्यिय समिति गठन भएको छ जसको उपाध्यक्षहरुमा प्रथम रामचन्द्र कार्की र दृतिय कुमार क्षेत्री सचिब अमृत क्षेत्री र उदयराज पौडेल(सन्तोष ),सह- सचिबमा हिक्मत जङ कार्की,कोषाध्यक्षमा तिल कुमारी दर्जी,साथै सदस्यहरुमा खडक बहादुर गुरुङ,सागर पौडेल,पृथ्वी कुवर,प्रदिप केसि,गुम बहादुर गुरुङ (कान्छा),सन्दिप गुरुङ,बुद्ध गुरुङ, अमृत सुनार, प्रतीक्षा खड्का, भुबन सुवेदी ,जनक पौडेल , सन्देस जिसि रहेका छन् ।