प्रदेश र संघको चुनाव घोषणा सँगै स्याङ्जामा काङ्रेशको चुनावी गर्मी बढ्यो

0
677

सरकारले प्रदेश र प्रतिनिधि सभाको चुनावको मिती घोषणा गरे सँगै स्याङ्जा नेपाली काङ्रेश भित्र राजनीतिक गर्मी बढेको छ । चुनावमा कतिले प्रदेश चुनावको टिकटको दावी गरेको छन भने कती प्रतिनिधि सभाकालागी टिकटको लागि कस्सिएका छन् । जस मध्य केही पुराना अनुहार छन् भने केही नयाँ अनुहारले समेत चाहान ब्यक्त गरेका छन् ।

प्रदेश चुनावमा क्षेत्र न १ बाट युवा नेता पूर्व तरुण दल केन्द्रिय सदस्य मेखलाल श्रेष्ठ, दिपक लम्साल, भरत लम्साल अग्रपङ्तिमा रहेका छन् । त्यस्तै क्षेत्र न २ मा अधिकान्स युवा हरुले दाबी गरेको पाईन्छ। तरुण दल पूर्व केन्द्रिय सदस्य गोबिन्द रानाभाट, नेबिसंघ पुर्व केन्द्रिय उपाध्यक्ष प्रेम पौडेल चर्चामा रहेका छन । त्यस्तै क्षेत्र न ३ मा युवा नेता बिष्णु पौडेल सबै भन्दा चर्चामा रहेका छन् । युवाहरुका पहिलो रोजाई रहेका बिष्णु पौडेल सँगै सरस्वती तिवारी, अर्जुन प्रकाश अर्यालको समेत चर्चा रहेको पाईन्छ । क्षेत्र न ४ मा भने अग्र अग्रपक्तिमा लक्ष्मण भट्टराई, चिरिन्जिवी भण्डारी र युवराज पाण्डेको चर्चा रहेको छ भने गुरु भट्टराई, भुमा पाण्डे, श्याम बश्यालले समेत चाहाना राखेको काङ्रेश श्रोतको भनाइ छ । लक्ष्मण भट्टराई प्रतिबन्धित समयमा आफ्नै घरमा पार्टी कार्यालय चलाएर संघठन धानेको र हाल सम्म कुनै लाभको पदमा नरहेकोले शन्त नेता र पार्टि भित्र र बाहिर ईमन्दार नेताको रुपमा चित्रण गरिन्छ। स्याङ्जामा चर्चामा रहेका उमेदवार मध्य सबै भन्दा कान्छा उमेदवार नेपाल विद्यार्थी संघ स्याङ्जाका निर्वतमान सभापति चिरन्जीबी भण्डारी विद्यार्थी राजनीतिको पृष्टभूमिबाट आएका हुन । भण्डारी र क्षेत्र न ३ का युवा नेता पौडेल सक्षम र कुशल नेतृत्वदायी क्षमता भएका युवा नेताहरुमा पर्दछन । निर्भिक, स्पष्टवक्ता, मिलनसार र सहयोगि भावनका भण्डारी जिल्ला देखि केन्द्रतह सम्मका युवा विद्यार्थी लगायत पार्टीको केन्द्रिय नेतृत्वमा रहेका नेताहरुले समेत अत्यन्त मन पराउने व्यक्ति हुन । निर्वाचनका सम्बन्धमा भण्डारीले आफ्नो धारणा भने व्यक्त गरिसकेका छैनन । समग्रमा प्रदेशको चुनावकालगी क्षेत्र न ३ का युवा नेता बिष्णु पौडेल स्याङ्जामा जनता माझ एक नम्बर रोझाईका नेता हुन् ।

यता प्रतिनीधी सभाको चुनावकालगी दुई क्षेत्र निर्धारण स्याङ्जामा क्षेत्र न १ मा नेपाली कङ्रेशका पूर्व उपसभापती एबम् बर्तमान उपप्रधान मन्त्री गोपालमान निर्बिकल्प जस्तै देखिएका छन् । त्यस्तै बर्तमान सभासद राजु थापा पनि दर्हो दाबेदार हुन् । यता क्षेत्र न २ मा काङ्रेश जिल्ला सभापति कमल पङेनी अग्रस्थानमा देखिएका छन् भने पूर्व सभासद मोहन पाण्डे र श्याम बश्यालको समेत चर्चा आएको छ । महासमिती सदश्य श्याम बश्याल युवा ब्यावसाही हुन् यदी गल्याङ क्षेत्र बाट प्रतिनिधि सभाको लागि टिकट पाए श्याम बश्याल एक नम्बर रोझाईमा पर्ने चर्चा युवाहरुमा चर्चा चलेको पाईन्छ ।