नगर स्तरिय तरुण भेला तथा तर्दथ समिति गठन

0
76

राम प्रसाद लामिछाने वालिंङ, स्याङ्जा

नेपाल तरुण दल वालिङको तरुण भेला तथा तर्दथ समिति गठन कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस क्षेत्रिय सभपाति अर्जुनप्रकाश अर्यालले तरुण आन्दोलनले नेपालमा अन्याय, अत्याचारको अन्त्य गर्दै नेपाली कांग्रेस पार्टीलाई प्रमुख शक्तिको रुपमा स्थापित गराउन सफल भएको बताउनुभयो ।

वालिङ नगरउपप्रमुख कल्पना तिवारी ले विकास निर्माणको लागी युवा तरुण हरु अग्रसर हुनुपर्ने मा जोड दिदै जनताको मन जित्न काम गरेर देखाउनु पर्ने बताउनु भयो । यसै कार्यक्रम मा नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि एवं युवा नेता विष्णु पौडेल ले तरुण एकताले मात्र कांग्रेस बलीयो हुनसक्ने बताउदै आसन्न निर्वाचनमा तरुण हरुको महत्वपूर्ण भूमिका हुने हुदा एकजुट भएर लाग्न समेत आग्रह गर्नु भयो । कार्यक्रम मा कांग्रेस क्षेत्रिय सचिव दामोदर लम्साल, काग्रेस नगरसचिव भुपराज बगाले, शिक्षक संघका क्षेत्रिय सचिव डण्डपानी पंगेनी, तरुणदलका क्षेत्रिय सचिव फडिनारायण रेग्मी, नेविसंघका जिल्ला उपाध्यक्ष अर्जुन अर्याल, कोषाध्यक्ष धुर्व पंगेनी, क्षेत्रिय सभपाति विश्वास लम्साललगायतले बोलेका थिए ।

भेलाले आषिशप्रताप खांणको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दलको तर्दथ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा गोविन्द तिवारी र सुरेश श्रेष्ठ, सचिवमा भुपराज काफ्ले, सहसचिवमा संसार श्रेष्ठ, कोषाध्यक्षमा शान्ता अर्याल, सहकोषाध्यक्षमा धनबहादुर गुरुङ रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् । आषिशप्रताप खांणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भुपराज काफ्ले र स्वागत सुरेश श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस