आहात जनतालाई नेबिसंघको राहात

0
31

बाढी पहिरोबाट प्रभावित क्षेत्रमा नेपाल बिद्यार्थी संघले हालसम्म ६२ लाखभन्दा बढीको राहत वितरण गरेको छ । देशका ३१ जिल्लाका १ हजार भन्दा बढी विद्यालयका विद्यार्थी र तिनका अबिभावकलाई खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा, शैक्षिक सामाग्री, त्रिपाल समेत दाता र ने.वि.संघका स्वयम्सेवकबाट संकलन गरेर वितरण गरिएको संघका मुख्य सचिव डिल्ली हमालले बताए ।

राहतको पहिलो चरणको कार्यक्रमपछि औषधि वितरण र प्रभावित सबै बिद्यार्थीलाई एउटा झोला, झोलाभित्र एक दर्जन कापी, २ वटा कलम, मञ्जन र ब्रस, एक जोर लुगा लगायतका सामग्री १५ हजार विद्यार्थीलाई वितरण गरिने अभियान शनिवारदेखि महोत्तरी जिल्लाको अति बाढी प्रभावित मुसहर बस्ती बाट सुरु गरेको नेपाल विद्यार्थी संघ प्रेश सम्योजक उमेश भट्टराईले जानकारी दिनुभएको छ । गरिबीको मारमा रहेका दलित समुदायका करिब एक सय भन्दा बढी बाढीपीडित परिवारलाई चामल, दाल, नुन, तेल, दालमोट, कापी, कलम, झोला, झुल वितरण गरेको हो । बिपन्न बस्तीका १२० भन्दा बढी प्रभावित विद्यार्थीका लागि नेविसंघले पाठ्यसामग्री वितरण अभियान सुरु गरेको थियो । आजसम्म उक्त बस्तीमा कुनै निकयाबाट पनि राहत वितरण भएको थिएन ।

प्रभावित क्षेत्रका सबै विद्यार्थीलाई पाठ्यसामग्री वितरण अभियान संचालन गरिएको नेविसंघ केन्द्रीय अध्यक्ष नैनसिंह महरले बताउनु भएको छ । अभियानले दश हजार भन्दाबढी विद्यार्थी लाभान्वित हुने छन् ।महामन्त्री सरोज कुमार थापाका अनुसार देशका ३१ जिल्लाका १ हजार भन्दा बढी विद्यालयका विद्यार्थी र तिनका अभिभावकलाई खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा, शैक्षिक सामाग्री नेविसंघले दाताको सहयोगमा वितरण गरिसकेको छ । सहयोग अभियान बाढी पहिरो प्रभावित सबै जिल्लामा केन्द्रित हुने संघका अध्यक्ष महरले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।यसअघि ने.बि.संघ केन्द्रले बाढी प्रभाबित सबै जिल्लामा केन्द्रिय प्रतिनिधि पठाएर राहत बितरण गरेको थियो भने त्यही बेला केन्द्रिय अध्यक्ष नैनसिंह महरको नेतृत्वमा युथ एसेम्ब्लीका लागि सँयुक्त राष्ट्र सँघमा सहभागी महामन्त्री सरोज थापा लगाएतको प्रतिनिधि मण्डलले बाढीपीडितलाई सहयोग गर्न अमेरिकाको न्यूयोर्कस्थित राष्ट्र सँघको मुख्यालयमा १०३ भन्दा बढी प्रतिनिधिसँग प्रस्ताब गरेको थियो ।

प्रतिक्रिया दिनुहोस