नेपाली विद्यार्थीको समस्या सामाधानका लागी ने.वि. संघको टोली भारतको दिल्लीमा

0
43

नेपाली विद्यार्थीको समस्या सामाधानका लागी ने.वि. संघको टोली दिल्लीमा भारतमा अध्ययनरत चार्टर एकाउण्टेन्ट विद्यार्थीहरुको समस्या समाधानका लागी नेपाल विद्यार्थी संघले चासो देखाएको छ । भारतभरमा अध्ययनरत १२ हजार भन्दा बढी सिए विद्यार्थीहरु भारतमा पढेर सीए पास भएर नेपाल फर्के पछि ICAN को सदस्यता प्राप्त गर्न नेपालमा पुन एक वर्षे इन्टर्नसिप गर्नु पर्ने प्रावधानले विद्यार्थीहरु बताउछन् । भारतभरमा अध्ययनरत १२ हजार भन्दा बढी सिए विद्यार्थीहरु भारतमा पढेर सीए पास भएर नेपाल फर्के पछि ICAN को सदस्यता प्राप्त गर्न नेपालमा पुन एक वर्षे इन्टर्नसिप गर्नु पर्ने प्रावधानले विद्यार्थीहरु बताउछन् ।

चार्टरएकाउण्टेन विद्यार्थीहरुको वृतिविकास र वर्गिय हितका लागी CA नेपाल विद्यार्थी संघले आज दिल्लीमा आयोजना गरेको वृहत अन्तरक्रियामा भाग लिन ने.वि. संघ केन्द्रिय अध्यक्ष नैनसिंह महर, महामन्त्री सरोज थापा, सहमहामन्त्री प्रेमराज जोशी, केन्द्रिय सदस्य पदम भट्टराई, अध्यक्षका विदेश सल्लाहकार डि.वी. सुनार लगायतका केन्द्रिय टोली हिजो नया दिल्ली पुगेको छ । नेपालमा भएको बाढीपिडितका लागी राहत जुटाउन आज देखी नै नया दिल्लीमा रहेका नेपाली र भारतीय शुभ चिन्तकहरु संग ने.वि. संघले सहयोगका लागी आग्रह गर्ने कार्यक्रम तय गरेको कुरा CA ने.वि. संघ भारतका अध्यक्ष गिरु न्यौपानेले बताए । भारत भम्रणमा रहेका प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदी बीचमा अस्तिमा विद्यार्थीको हितका विषयमा सम्झौता समेत भएको छ । २०७४ साल देखी भारतमा अध्ययन गर्न आउने नेपाली विद्यार्थीलेICAN को सदस्यता प्राप्त गर्न नपाउने नया नियम हटाउन समेत ने.वि. संघले पहल गर्ने कुरा संघका केन्द्रिय सदस्य पदम भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस