चुल्ठो काट्ने घटनाले ( चोटी काण्ड ) स्थानीयमा त्रास

0
57

केही दिन अघि भारतमा भएको आफै कपाल काट्ने घटना अहिले नवलपरासीमा पनि सन्त्रास फैलाएको छ । छिमेकी जिल्ला रुपन्देही र कपिलबस्तुमा आफै कपाल कट्ने क्रम नरोकिदै नवलपरासीमा दुई दिनमा दुईवटा कपाल काटिने घटना ( चोटी काण्ड ) भएको छ । रहस्यमय, रोचक र गम्भीर यो घटनाले गाँउघर, चोक चौरहमा र समाजिक सञ्जालमा निकै चर्चा भएको छ । जिल्लाको सरावल गाउँपालिका ५ दुबौलिया र वडा न. ४ मंगलापुरमा यो घटना घटेपछि स्थानीय स्तरमा र खासगरि महिलाहरुमा एक किसिम त्रास पैदा भएको छ । मंगलवार साँझ ७ बजे सरावल ५ दुबौलियाकी श्याम बिहारी बिनकी ४५ वर्षिय श्रीमतिको कपालको केही भाग काटिएको छ ।

खुल्ला राखिएको कपाल कुनै चरा जस्तो प्राणीले काटेको आफुलाई अनुभव भएको उनले बताईन् । कपाल काटिएपछि बिनको स्वास्थ्यमा केही असर नदेखिएपनि घटनाले भिडभाड र सोधपुछका कारण उनि त्रसित र चिन्तित बनेकी थिईन् । यस्तै बिहीवार दिँउसै सरावल ४ मंग्लापुर बस्ने ज्वाहीर मल्लाहकी ७ वर्षिय छोरी सोमन्ती मल्लाहको चुल्ठो पुर्ण रुपमा काटिएको छ । छतमा कुनै चरा बोलेको आवाज सुनेर हेर्न जादा केही नभएको र फर्किदा चुल्ठो कटेर आफ्नै अगाडि खसेपछि आफु डराएको पीडित बालिका सोमन्तीले बताईन् । चुल्ठो काटिएपछि पीडितहरुको घरमा घटना हेर्नेहरुको भिड लाग्ने गरेको छ । यता कपाल काट्नवाट बचाउनका लागि स्थानीय स्तरमा विभिन्न उपायहरु अपनाउन सुरु भएको छ ।

घरको मुलद्धारामा निमको हाँगा, खुर्सानी, निम्बु झुन्ड्याए कपाल काटिनवाट बच्न सकिने स्थानीयहरुको भनाई छ । तर चल्ठो काटिएको घरमा निमको हाँगा, खुर्सानी, निम्बु भुन्ड्याईएपनि चुल्ठो काटिएपछि अब महिलाहरु कपालमै निमको पात राख्न थालेका छन् । यस बारे जिल्ला प्रहरी कार्यालय नवलपरासीले भने घटनाको अनुसन्धान भईरहेको जनाएको छ । घटना स्थलमा पुग्नु भएका प्रहरी चौकी गोबरहिंयाका ईन्चार्ज अम्ब्रीका प्रसाद चौधरीले घटना रहस्यमय भएको प्रतिक्रिया दिनुभयो

प्रतिक्रिया दिनुहोस