पार्टी नेतृत्व र जनताले दिएको जस्तोसुकै जिम्मेवारी पनि पुरा गर्न तयार छु-बिष्णु पौडेल, युवा नेता ने.का. स्याङ्जा  

0
746

सरकारले प्रदेश र संघको निर्वाचन आगामी मंसिर १० गतेका लागि तोकेपछि विभिन्न जिल्लाहरुमा निर्वाचन केन्द्रित राजनीति बढेको छ । पन्चायत कालदेखि प्रजातन्त्र, लोकतन्त्रसम्म आइपुग्दा नेपाली कांग्रेसको गढ मानिने स्या¨जा जिल्लामा पनि पछिल्लो समया राजनैतिक केन्द्रित गतिविधिहरु बढेका छन । पार्टी वृतमा संघ र प्रदेशमा उमेद्वारको चयन गर्दा युवाको प्रतिनिधित्वको सुनिश्चित गर्नुपर्ने चर्चा चलिरहँदा जिल्लामा युवा र तरुणहरु आकाक्षीहरु पनि बढेका छन । यसै सन्र्दभमा नेपाली कांग्रेस स्यांडजाका युवा नेता बिष्णु पौडेलसंग उनको राजनैतिक पृष्ठभूमिका सवालमा हाम्रो सेरोफेरोले गरेको कुराकानी
१) तपाई नेपाली कांग्रेसको राजनीतिमा कहिले र कसरी प्रवेश गर्नुभयो ?
हाम्रो पारिवारिक पृष्टभूमि नै नेपाली कांग्रेस हो । प्रतिबन्धित समयदेखि नै मेरो बुबा नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील व्यक्ति हो । वँहा २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा निर्वाचीत गाविस अध्यक्ष भएर समाजसेवामा सक्रिय हुनुहुन्थ्यो । बुबाको राजनैतिक क्रियाशीलता र निर्वाचीत जनप्रतिनिधिको रुपमा कार्यरत रहँदा वँहाको जनसम्पर्क लगायतका कुराहरुले म समाजसेवा र राजनीतितर्फ आर्कषित थिए । जसअनुसार पहिलो पटक म २०५४ सालमा नेपाल विद्यार्थी संघमा प्रवेश गरे । २०५८ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य, २०६२ नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति स्याङ्जाको उपाध्यक्ष र २०६४ मा नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिको सदस्य हुदै पार्टीको राजनीतिमा प्रवेश गरे । २) स्याङ्जा जिल्ला नेपाली कांग्रेसको केन्द्रियतह देखि जिल्लास्तरमा लोकप्रिय नेताहरुको जिल्लाको रुपमा परिचित छ । तपाई आवद्ध पार्टी नेपाली कांग्रेसमा राजनैतिक भूमिका प्राप्त गर्नका लागि उमेरले परिपक्क हुनुपर्दछ भन्ने मान्यता पनि छ, तर तपाई कसरी यो उमेरमा नै पार्टीको महाधिवेशन प्रतिनिधिमा दोस्रो मतका साथ विजयी बन्नुभयो । यसको पछाडिको रहस्य के हो ?
नेपाली कांग्रेस लामो इतिहास भएको पाटी र कांग्रेसको स्थापना देखि नै स्या¨जा नेपाली कांग्रेसको बर्चश्व रहेको जिल्ला भएको संर्दभमा जिल्लामा अग्रज नेताहरु हुर्दै गर्दा महाधिवेशन प्रतिनिधिका रुपमा मेरो प्रवेशलाई त्यो ढंगबाट बिश्लेषण गर्ने गरिएको हुनसक्छ । तर अधिवेशनमा विजय प्राप्त गर्दै गर्दा मैले आफ्नो पदीय जिम्मेवारीलाई मेरो व्यक्तिगत भन्दा पनि स्याङ्जा कांग्रेसमा क्रियाशील अग्रज नेताहरु, कांग्रेसमा आवद्ध जनसमुदाय, विद्यार्थी युवातरुण साथीहरुको म प्रतिको विश्वास हो भन्ने म ठान्दछु । युवाहरु माझ नेता बिष्णु पौडेल 

४)तपाईको लागि राजनीति के हो ?
राजनीतिलाई पावर इक्सरसाइजको रुपमा बुझ्ने गरिन्छ । आफ्नो बिचारले समाज रुपन्तरण गर्ने नितिहरुको मुख्य निती हो । मेरो सन्र्दभमा राजनीति विशुद्ध दिर्घ समाजसेवा हो । राजनीतिको माध्यमबाट समुदायमा विकास निमार्ण, जनचेतना, अन्याय, अत्याचारमा परेका विपन्न वर्गका लागि सामाजिक न्याँय र राजनीतिक परिवर्तनमा सक्रिय रहने एउटा उपयुक्त प्लेटफर्म पनि हो । पद त केवल नेतृत्वदायी भूमिका प्रदान गर्ने सवालमा जोडिएर आउने मात्र हो । विशुद्ध रुपमा समाजसेवा गर्नका लागि पदिय जिम्मेवारी नै आवश्यक पर्दछ भन्ने पनि म ठान्दिन । तरपनि नीतिगत सुधार, विकास निमार्ण, जनचाहना अनुसारका गतिविधिहरु गर्दै अगाडि बढनका लागि अवश्यपनि पदको आवश्यकता पर्दछ भन्ने महशुश गर्दछु ।
५) आगामी मंसिर १० गतेका लागि सरकारले प्रदेश र संघको निर्वाचनका लागि मिति तोकेको छ । तपाईको तयारी के हो ?
नेपाल विद्यार्थी संघ र नेपाली काङ्रेश पार्टीको विभिन्न जिम्मेवारीमा रहेर करिब दुई दशकको यात्रा पार गर्दैगर्दा म कहिले पनि आफूलाई केन्द्रविन्दुमा राखेर पदका लागि राजनीति गरेको छैन । तरपनि पार्टीले खटाएको जिम्मेवारी पुरा गर्ने सवालमा कुनै कशुर बाँकी नराखेर पुरा गर्नका लागि सदैव प्रयासरत रहिआएको छु ।
चाहे त्यो माओवादी सशस्त्र दन्द्धको समय होस, २०६२/२०६३ को राजनैतिक आन्दोलन, २०६४ र २०७० को संविधान सभा निर्वाचन र २०७४ को स्थानीय तहको निर्वाचन होस । मैले पार्टीको एउटा सेवकको हैसियतले आफ्नो जिम्मेवारीहरु पुरा गर्दै आएको छु । आगामी निर्वाचनको सन्र्दभमा कुरा गर्दै गर्दा पनि मैले पार्टी अग्रज नेताहरु र समग्र साथीभाईहरुको सल्लाह र सुझावलाई नै आधार बनाउदछु । यस सवालमा समग्र युवाहरुको चाहना, पार्टी नेतृत्व र जनताले दिएको जस्तोसुकै जिम्मेवारी पनि पुरा गर्न प्रतिबद्ध छु ।

प्रतिक्रिया दिनुहोस