आज हरितालिका तिज

0
45

आज हरितालिका पर्व अर्थात् तीज । हिन्दु नारीहरुले हर्ष उल्लासका साथ मनाईरहेका छन्। तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ सहितका शिवमन्दिरहरुमा श्रद्धालु महिलाहरुको ठूलो भीड लागेको छ । पूजाआजाका लागि लाइन बस्ने तथा पूजा सकिएपछि नाचगान गर्ने महिलाको भीडका कारण अधिकांश शिव मन्दिर पूरै झिलिमिली बनेको छ।

पशुपति क्षेत्र विकासकोषले यसपटक विशेष पुजा र टिकटको व्यवस्था हटाएकाले दर्शन गर्न सजिलो भएको व्यवस्थापन समितिले जनाएको छ । राजधानी बाहिरका जिल्लाहरुमा पनि शिव मन्दिरहरुमा श्रद्धालु महिलाहरुको ठुलो भीड लागेको छ । हिन्दु नारीहरुले आज चुरा, पोते तथा गहना लगाई रातो पहिरनमा सजिएर नजिकैका शिव मन्दिरमा गई पूजाआजा तथा नाचगान गरी तीज मनाईरहेका छन् ।

तीजको अवसरमा टेलिकमले दियो नेपाली नारीलाई छुटै छुट

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने भएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् । युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ ।

डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुनेछ । प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ । यी प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस