भोली देखी प्रधानमन्त्री देउवा भारतको राजकिय भ्रमणमा

0
27

प्रधानमन्त्री शेरबहादुर देउवा ४५ सदस्यीय टोलीको नेतृत्वको गर्दै बुधबार भारतको राजकीय भ्रमणमा जाने भएका छन्।देउवासँगै उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पर्यटन मन्त्री जितेन्द्रनारायण देव र वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा भारत जान लागेका छन्।उनको भ्रमण टोलीमा पत्नी आरजु देउवा, मन्त्रीहरु, सांसद र विभिन्न मन्त्रालयका सचिव र अन्य सरकारी अधिकारी सम्मिलित छन्। 

विभिन्न दलका ९ जना सांसद भ्रमण टोलीमा छन्। परराष्ट्र मन्त्रालयबाट सचिव शंकरदास बैरागीसहित ८ जना अधिकारी भ्रमण टोलीमा सम्मिलित छन् भने अन्य मन्त्रालयबाट सचिवसहित ११ जना कर्मचारी भारत जान लागेका छन्। भ्रमण टोलीमा देउवाका स्वकीय सचिव, सुरक्षाकर्मी र सल्लाहकार ८ जना छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्ले पनि प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा छन्।

प्रतिक्रिया दिनुहोस