पञ्चकन्या महिला समुहले गर्‍यो दिदिबहिनी भेला

0
84

चन्द्रागिरी नगरपालिका स्थित तिनथाना काठमाडौंमा हिजो देखी नै तिजको रौनक देखिन थालेको छ। भुमेस्थान पञ्चकन्या महिला समाजले हिजो तिज बिशेष कार्यक्रम गरी दिदिबहिनीहरु भेला गरी दर खुवाएको छ । कार्यक्रममा प्रमुख अतिथी चन्द्रागिरी नगर प्रमुख घनश्यम गिरीले पञ्चकन्या महिला समाजका गतिबिधीहरुले महिलाहरु जागरुक हुँदै आएको बताउनु भयो । तेस्तै वडा न् १५ का वडा अध्यक्ष उत्तम रावतले सिर्जनशिल महिलाहरुलाई वडाले अगाडि बड्न सधैं सहयोग गर्ने धारणा राख्नु भयो पूर्व मन्त्री कल्पना धमलाले समाज जब सम्म महिला जागरुक हुन्नन तबसम्म समाज बिकास नहुने भन्दै दिदीबहिनी हरुले धर्म सस्क्रितीको उत्थानमा लागेको देखेर आफु खुशी भएको बताउनु भयो।

कार्यक्रममा नागार्जुन नगरपालिका कि महिला नेत्री कल्याणी खड्काको उपस्थीती रहेको कार्यक्रमकी सभा अध्यक्ष तथा पञ्चकन्या महिला समाजकी अध्यक्ष बिनु बश्नेतले बताउनु भयो। कार्यक्रममा महिला दिदी बहिनी हरुलाई दर खुवाउनुका साथै चर्चित गायीका बसन्ता प्रक्रितीले आफ्नो तिज प्रस्तुती दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस