संयुक्त राष्ट्र संघको विश्व युवा सम्बेलनमा सहभागी हुन नेबिसंघ अध्यक्ष अमेरिका प्रस्थान

0
34

नेपालले पहिलो पटक सहभागीता जनाउन लागेको संयुक्त राष्ट्र संघले आयोजना गरेको विश्वका युवाहरुको सम्बेलनमा भाग लिन नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन् सिंह महर आज बिहान अमेरिका प्रस्थान गर्नु भएको छ ।

सम्बेलनमा अध्यक्ष महरले विश्वमा बढीरहेको शैक्षिक युवा बेरोजगारिको बिषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालमा बढीरहेको युवा बेरोजगारी देशको चुनौतीका रुपमा रहेको भन्दै सम्बेलनले नेपालको युवा बेरोजगारी हटाउन रोडम्याप तयार गर्न सजिलो हुने भन्दै यो सहभागीता ऐतिहासिक हुने बताईएको छ । नेपालको प्रतिनिधी मन्डलमा अध्यक्ष महरको नेत्रित्वमा महामन्त्री सरोज कुमार थापा, र बिदेश सल्लाहकार डम्बर बि. क. समेत शाहभागी रहेको नेबिसंघ मुख्य सचिब डिल्ली हमालले जानकारी गराउनु भएको छ । अध्यक्ष महरको टिम अमेरिकामा रहदा त्यहा स्थित नेपाली काङ्रेश जनसंपर्क समितीका नेताहरु र नेपाल बिद्यार्थी संघ अमेरिकाका बिद्यार्थीहरु संग समेत भेटघट गर्ने कार्यक्रम रहेको नेबिसंघ महामन्त्री सरोज कुमार थापाले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस