ने बि संघ महाधिबेशन तर्फ- बिबाधित जिल्लामा प्रतिनिधि खटायो

1
113

नेपाल बिद्यार्थी संघले ११ औ अधिबेशन सम्पन्न गरेको एक बर्ष पुरा भएको दिन १२ औ महाधिबेशनको तयारीमा जुटेको छ । आजै देखी १२ औ अधिबेशनको लागि गतिविधी सुरु गरेको छ । नेपाल बिद्यार्थी संघको ११ औ महाधीबेशन अघी देखी बिबादका कारण अधिबेशन हुन नसकेका एघार जिल्लामा तीन महिना भित्र अधिबेशन गर्ने गरी केन्द्रिय प्रतिनिधि पठाएको छ ।
दुई बर्षको कार्यकालमा अब एक बर्ष बाँकी रहदा बार्हौ अधिबेशनको तयारीमा लागेको संघका केन्द्रिय अध्यक्षले बताउनु भयो । त्यसका लागि कन्चनपुर जिल्लामा नेबिसंघ सह महामन्त्री महेश्वरी कुवर, शुर्खेतमा कृष्ण कार्की, कास्कीमा इश्वर बिष्ट, मुस्ताङमा हरिहर शर्मा, रुपन्देहीमा कोसाध्यक्ष शिव रिमाल,पर्शामा सह महामन्त्री प्रेमराज जोशी, रौतहटमा उपाध्यक्ष सागर पारीयार, सोलुखुम्बुमा चेतन थापा मगर, धनुषामा प्रकाश घिमिरे, सिराहामा माधव ढकाल  र भक्तपुर जिल्लामा राजेश रौनियारलाई केन्द्रिय प्रतिनिधिका रुपमा पठाएको संघका महामन्त्री शरोज कुमार थापाले जानकारी गराउनु भएको छ । तस्तै काठमाडौं इन्जिनियरिङ्ग कालेज कालिमाटीमा मनिष थापा, कसमस इन्जिनियरिङ्ग कालेज ललितपुरमा रुपा पोखरल, एडभान्स इन्जिनियरिङ्ग कालेजमा साधना घिमिरे, एन सि आ टि कालेजमा प्रेम शाही लाई प्रतिनिधि खटाएको छ । 
संघको केन्द्र्, प्रदेश, जिल्ला तथा पार्टिका जिल्ला समितिको समन्नयमा रहेर कार्य सम्पन्न गर्ने र कसैले बिधान बाहिर गएर टास्ने र अन्य कार्य गरे स्वत: निलम्बन हुने, ने बि संघ केन्द्रिय समितीले मापडण्द बनाएका कारण पहिले पहिले जस्तो धादलीपूर्ण घटना नदोहोरिने नेबिसंघ श्रोतको विश्वाश रहेको छ । नेबिसंघ प्रेश सम्योजक उमेश भट्टराईले हाम्रोसेरोफेरो लाई जानकारी गराए अनुसार बिधान अनुसार दुई बर्ष भित्र अधिबेशन नगर्ने जिल्ला क्यम्पस स्वत: बिधटन हुने भएकाले अध्यक्ष महरले सबैलाई समयमै इकाई तथा जिल्ला अधिबेशन गरी महाधिबेशन उन्मुख हुन आग्रह गर्नु भएको छ ।

प्रदेश दुई केन्द्रित बिशेष अभियान
स्थानिय तहको तेस्रो चरणको चुनावकालागी २ नम्बर प्रदेशका १२७ वटै पालिकामा नेबिसंघले चुनाव जिताउने गरी चुनाव अबधीभर स्थानिय क्षेत्रमै बस्ने गरी पदाधिकारी तथा सदस्यहरुलाई प्रतिनिधिको रुपमा खटाउने भएको छ । दुई नम्बर प्रेदेश सम्योजक सञ्जय यादको सम्योजकत्वमा काठमाडौंमा केन्द्रिय समितिले गरेको कार्यक्रममा काङ्रेश नेताहरु बिमलेन्द्र निधी, विश्वप्रकश शर्मा, कल्याण गुरुङ, सभासद रन्जित कर्ण समेतको उपस्थीती रहेको थियो । प्रदेशमा भदौ पहिलो साता भित्र बिशेष प्रशिक्षण सम्पन्न गर्ने र भदौ २४ गते बि पि जयन्तीका दिन युवा बिद्यार्थी बिशेष अभियान तराई मधेशका ८ ओटै जिल्लामा पार्टिका शिर्श नेत्रित्वको उपस्थितिमा गरी संघठनलाई चुनाव केन्द्रित गराउने भएको छ ।

1 COMMENT

प्रतिक्रिया दिनुहोस