नेपाली काङ्रेश स्याङ्जाद्वारा जि.स.स. सभापतिमा युवा नेता अर्जुन प्रकाश अर्याललाई उमेद्ववार बनायो

0
586

स्थानीय तहकाे निर्वाचन -२०७४ अन्तर्गतको जिल्ला समन्वय समिति स्याङ्जाकाे निर्वाचनका लागि अाज स्याङ्जामा नेपाली काँग्रेस र नेकपा एमाले द्वारा अा-अाफ्नाे उमेद्ववारी दर्ता गरेका छन ।निर्वाचनका लागि नेपाली काँग्रेसकाे तर्फबाट सभापतिमा अर्जुन प्रकाश अर्याल ,उपसभापतिमा शक्तिचन्द्र अधिकारी अर्याल सहित ७ सदस्यले मनाेनयन दर्ता गरेका हुन भने नेकपा एमालेवाट सभापतिमा सीता सुन्दास ,उपसभापतिमा दिलिप कुमार वगाले सहित ७ सदस्यले मनाेनयन दर्ता गरेका छन । निर्वाचन भने श्रावण २५ गते हुने जानकारी हाम्रो सेरोफेरोलाई सभापति अर्जुन प्रकाश अर्यालले जानकारी गराउनु भयो ।

युवा नेतालाई उमेद्ववार बनाएर नेपाली काङ्रेशले जनताको भावना बुझेको नेपाली काङ्रेशजनमा चर्चा चल्न थालेको छ । स्याङ्जामा ५ वोटा नगरपालिका मध्य तीन ओटामा नेपाली काङ्रेश र दुई ओटामा नेकपा एमालेले बिजयी हासिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस