बेरोजगारी विश्वभरका युवाका लागी चुनौती बनेको छ – अध्यक्ष महर

0
78

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले बेरोजगारी विश्वभरका युवाका लागी चुनौती बनेको बताउदै सामाजीक प्रजातन्त्रको असली प्रयोग बाट मात्र सबैको सबैको समृद्दि हुने बताउनु भएको छ ।
सामाजिक प्रजातन्त्र स्थापनाका लागी विश्व भरी सकृय संस्था “सोकडेम” एसियाको आयोजना संचालित “Sectoral consultations for social inclusion” बिषयक एक गोस्टीमा बोल्दै आफ्नो धारणा राख्नु भएको हो ।कार्यक्रममा बोल्दै अध्यक्ष महरले पूजीवादको संचय गर्ने तरिका र समाजवादको वितरण गर्ने तरिकाको मिश्रण गरेर मात्र सामाजिक प्रजातन्त्रको जग बलियो हुने बताउनु भयो ।
विशेष गरि नेपाली काँग्रेससंग सम्बद्ध युवाहरुको उपस्थितीमा कांग्रेस पार्टीको कोर्डिनेशनमा संचालित कार्यक्रममा कांग्रेस सांसद सुरेन्द्र चौधरी, सोकडेम एसियाका कोर्डिनेटर मार्लोन कर्नेलियो, अनिता देवकोटा लगायतले मानिसको खाने, बस्ने अधिकार बाहेक अन्य शिक्षा, सामाजिक विकास लगायतका थुप्रै अधिकारको प्रप्ती बाट मात्र सामाजिक प्रजातन्त्रको जग बलियो हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस