काभ्रेमा काँग्रेस–माओवादी गठबन्धन

0
29

जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकको निर्वाचनमा नेपाली काँग्रेस–माओवादी केन्द्रबीच गठबन्धन भएको छ । साउन २० गते हुने भनिएको जिल्ला समन्वय समितिमा गठबन्धन अनुसार प्रमुखमा नेपाली काँग्रेसका शङखबुद्ध लामा तथा उपप्रमुखमा माओवादी केन्द्रका चेतमाया चौलागार्इं गौतमले उम्मेदवारी दिएकी छन्।

नेकपा एमालेले समन्वय समितिको निर्वाचनका लागि नौ पदमा नै उम्मेदवारी दिएको छ भने काँग्रेस–माओवादी गठबन्धनले पदमा बाडफाँट गरेका छन् । जिल्लामा नौ पदका लागि १८ जनाको उम्मेदवारी परेको छ । जिल्लामा रहेका १३ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २६ जना मतदानमा सहभागी हुन्छन् ।

प्रतिक्रिया दिनुहोस