त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सफाई अभियान सम्पन्न

0
60

एक महिनाअघि खेम शर्माले सुरु गरेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलमा सरसफाई अभियानको आज समापन भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)ले सुरु गरेको उक्त अभियान एक महिनापछि आज रिपोर्टर्स क्लब नेपालमा एक कार्यबताउँदैक्रम आयोजना गरी समापन भएको हो । समापन कार्यक्रममा एनआरएनएका बरिष्ठ उपाध्यक्ष भवन भट्ट, सफाई अभियन्ता खेम शर्मा लगायतको उपस्थिति थियो । एनआरएनएले एक महिनासम्म बिमानस्थलको आधुनिक तथा गुणस्तरिय सरसफाई गरी पर्यटकको आगमनलाई सहज बनाउनका लागि अतिथि देवो भव अभियान अन्तर्गत सरसफाइ अभियान सुरु गरेको हो ।

एनआरएनएका उपाध्यक्ष तथा नेपाल पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष भवन भट्ट, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम, त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायबाट हस्ताक्षरित सहमति बमोजिम आज भन्दा एक महिना अघि अर्थात जुलाई १ मा सरसफाई अभियान सुरु भएको थियो । संस्थाले विमानस्थल कार्यालयलाई सरसफाई सामाग्री तथा प्रविधिहरु समेत हस्तान्तरण गरेको छ।एक महिनाको अवधिमा विमानस्थलको मुहार नै परिवर्तन भएको थियो । कार्यक्रममा एनआरएनए बरिष्ठ उपाध्यक्ष भट्टले नेपालको प्रवेशद्वारनै विमानस्थल भएकोले यसको सरसफाइ सबैको जिम्मेवारीभित्र पर्ने बताउँदै यो एक महिनामा विमानस्थलको मुहार साँच्चिकै परिवर्तन भएको आफूले पाएको बताए ।

कार्यक्रममा नागरिक, उड्डयन तथा पर्यटनमन्त्री जितेन्द्र नारायण देवले अभियानले नेपालको त्रिभुनव विमानस्थलको मुहार फेरेको आफूले तस्विरमार्फत थाहा पाएको भन्दै भिडियोमार्फत बधाई तथा धन्यवाद दिएका थिए । मन्त्री देवले आफूले अभियानमा जस्तोसुकै सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

सफाइ अभियानका अभियन्ता एवम् गैरआवासीय नेपाली संघ अश्ट्रेलियाका नेता खेम शर्माले सबैको साथ र सहयोगबाट अभियान सफल भएको सबैमा धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस