पूजा मरियाको निर्देशनमा तीज गीत “स्वामी राजा” को म्युजिक भिडियो आज युटुबमार्फत सार्वजनिक

1
63

गीतकार बाट निर्देशक बनेकी पूजा मरिया द्वारा निर्देशन् गरेको पहिलो म्युजिक भिडियोको रुपमा स्वामी राजा बोलको तिज गीतको म्युजिक भिडियो आज दर्शक श्रोता माझ आएको छ । सिकारु निर्देशकको रुपमा भएपनी मरियाको निर्देशकिय क्षमता भने उत्कृष्ट नै रहेको छ । मेलिना राई को स्वर तथा राम रुवालिको शब्द रहेको छ । पूजा मारियाको निर्देशनमा बनेको उत्त गीतको म्युजिक छायांकन शिरकुमार साम्पाङ र, निर्त्य निर्देशन आइश्वर लिम्बुको रहेको छ।
तीजमा महिला दिदी बहिनी हरुले गरगहनालाई मुख्य श्रृङ्गारको रुपमा लिएर तडकभडक देखाउने भएकाले यश गीतले त्यो मान्यतालाई चिर्दै तीजमा गरगहना हैन रातो सारी पोते लाएर पनि सुन्दर देखिन्छ र यहि हाम्रो मौलिकता हो भन्ने मान्यता रहेको छ। यश गीतको म्युजिक भिडियोको सम्पुर्ण निर्माण कार्य पुर्बी इटहरीमा भएको हो ।

1 COMMENT

  1. यो लोकप्रिय मिडिया हाम्रो सेरोफेरोले समाचार प्रवाह गरिदिएर साहित्य, संगीत र कलाकारितालाइ हौसला र प्रोत्साहन मिल्नेछ, यो मिडिया सबैको चाहाना अनुरुप बन्न सकोस शुभकामना…
    न्युज लेखेर हौसला बढाइदिएकोमा धेरै धेरै धन्यवाद

प्रतिक्रिया दिनुहोस