संयुक्त बिद्यार्थी संगठनले सर्प्राईज दिदै मनायो नेबिसंघ अध्यक्षको जन्मदिन

0
1132

बिद्यार्थी संगठनहरु सम्भवत बिद्यार्थी आन्दोलनमा एक हुन्छन वा बिद्यार्थीहरुको चुनावमा तर अज फरक परिस्थिती र फरक कार्यक्रममा नेपालका अधिकाश बिद्यार्थी नेताहरु जम्मा भएर बधाई र शुभ कामना दिई रहेका थिए । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी संयुक्त बिद्यार्थी संगठनले नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैनसिंह महरको जन्मदिन मनाएका छन् ।

कार्यक्रममा बिभिन्न बिद्यार्थी संगठनका अध्यक्षहरुले नेबिसंघ अध्यक्ष महरलाई शुभकामना दिदै महरको नेत्रित्वमा संयुक्त बिद्यार्थी आन्दोलनले नयाँ उचाई लिने विश्वाश ब्यक्त गरे। कार्यक्रममा बोल्दै अनेरास्वबियु अध्यक्ष नविना लामाले सरल स्वभाव, विचारका धनी एक वैचारिक व्यक्तित्व तथा लाखौँ युवाबिधार्थीहरुको ढुकढुकी नैन सिंह महरको नेत्रीत्वको नेबिसंघले बिद्यार्थी आन्दोलनमा अझ नयाँ उचाई छुने विश्वाश ब्यक्त गर्दै महर बिद्यार्थी संघठनको अभिवावक नेता रहेको र महरको नेत्रित्वमा संयुक्त बिद्यार्थी आन्दोलन सफल भएको बताउनु भयो । नैनसिंह महर अन्तराष्ट्रिय पुरस्कार बिजेता बिद्यार्थी नेता रहेको बताउदै भबिस्यमा राजनीतिक नेत्रित्व लिन सक्ने ब्यक्ती भएको बताउदै सफल भबिस्यको लागि शुभकामना दिनुभयो ।

नेबिसंघ अध्यक्ष महरले आफुलाई शुभकामना दिनुहुने सम्पूर्ण बिद्यार्थी संगठन र त्यसका अध्यक्षहरुलाई धन्यवाद दिदै यो सस्कारले बिद्यार्थी संघठनहरु विच आत्मियता बढ्ने र बिद्यार्थी आन्दोलनमा सहकार्य गर्न सजिलो हुने भन्दै अन्य बिद्यार्थी संगठनका अध्यक्ष साथीहरुको जन्मदिनमा समेत निरन्तरता दीइने बताउनु भयो । कार्यक्रममा बिभिन्न क्याम्पस तथा विश्वबिधालयका ईकाई अध्यक्षहरुको उपस्थीती रहेको थियो ।