नयाँ शक्तिको संघीय कार्यकारी समिति भंग

0
47

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको शुक्रबार बसेको संघीय परिषद बैठकमा सबै संघीय कार्यकारी समितिका सदस्यहरुले राजीनामा दिएका छन् । यससँगै सबै संघीय परिषद्को सदस्य भएका छन् । तर, बैठकले डा. भट्टराईलाई पार्टी संयोजक चयन गरेको छ। 

केही दिनमा नै ९९ सदस्यीय महाधिवेशन आयोग समिति गठन हुने एक नेताले जानकारी दिए । बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पार्टी पुनर्गठनको प्रस्ताव र २०७५ को बैशाख महिना सम्ममा पार्टी प्रथम संघीय कमिटी निर्वाचित गर्ने र संघीय महाधवेशन गर्ने प्रस्ताव गरेका थिए । त्यसका लागि विद्यमान केन्द्रीय समितिलाई पुनरावलोकन गरी महाधिवेशन आयोजक कमिटी बनाउने उनको प्रस्ताव छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी शक्तिहरू पुनः एक ठाउँमा आउने क्रम जारी रहेको बताईरहेका बेला भट्टराईले पार्टीको केन्द्रीय कार्यसमिति र संघीय परिषद्को बैठकपछि माओवादीसँगको एकताबारे नमिठो टिप्पणी गर्दै प्रचण्डले सपना देखेको पनि हुनसक्छ, एकताको कुनै सम्भावना नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस