प्रजातान्त्रिक बैकल्पिक शक्तीको उत्पती साझा र विवेकशीलबीच एकता घोषणा

0
35

रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच पार्टी एकीकरण भएको छ । काठमाडौमा आयोजित कार्यक्रममा दुबैपार्टी एकीकरण भएकाे घोषणा गरिएको र एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ र चुनाव चिन्ह तराजु राखिएको छ । नयाँ पार्टीमा रवीन्द्र मिश्र र उज्ववल थापाको संयुक्त नेतृत्व हुनेछ । दुबै नेतालाई सहसंयोजक पद दिइएको छ । बैठकहरुको अध्यक्षता मिश्रले गर्ने सहमति भएको छ ।

साझा पार्टी र विवेकशीलको पार्टी एकताले नयाँ विकल्प तयार भएको नेताहरुले दाबी गरे । एकता घोषणा कार्यक्रममा सहसंयोजक मिश्रले अहिलेका नेताहरुले सम्बृद्धिको लडाई लगाडि लैजान नसक्ने बताए । स्थानीय चुनावमा काठमाडौं महानगरले मुहार फेर्ने मौका गुमाएको भन्दै उनले भने, ‘हाम्रो आग्रह छ, अब देशले मुहार फर्ने मौका नगुमाओस् । विकल्प तयार भएको छ ।

पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुनेछ । छिट्टै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस