देउवा सरकारमा १९ मन्त्री थपिए मन्त्रिपरिषद विस्तार 

0
21

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन्। बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूले सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका हुन् । यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । सरकारको प्रवक्ता समेत हुने सञ्चार मन्त्रालयमा मोहनबहादुर बस्नेत मन्त्री भएका छन् ।

कांग्रेसबाट थपिने मन्त्रीमा यज्ञबहादुर थापाले कानुन मन्त्रालय, वीरबहादुर बलायरले भौतिक पूर्वाधार र योजना मोहन बस्नेतले सूचना तथा सञ्चार, सञ्जय गौतमले सिँचाइ, मीन विश्कर्माले वाणिज्य, अम्बिका बस्नेतले गरिबी निवारण र सहकारी, भीमसेनदास प्रधानले रक्षा, रामकृष्ण यादवले कृषि र राजन केसीले युवा तथा खेलकुद  र महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालय सम्हाल्ने छन्।

माओवादी केन्द्रबाट ६ जना नयाँ मन्त्री थपिएका छन्। माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री बन्दैछन्। उनी चौथो पटक मन्त्री बनेका हुन्। महेन्द्रबहादुर शाही ऊर्जा मन्त्री बन्दैछन्। माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेत पनि मन्त्री बन्ने भएका छन्। उनको पोर्टफोलियो भन्ने टुङ्गो लाग्न बाँकी छ। त्यस्तै माओवादीबाट शिवकुमार मण्डल, आशा खनाल कोइराला, सन्तकुमार चौधरी मन्त्री बनेका छन्।