विवेकशील नेपाली र साझा पार्टीबीच भोलि एकता हुदै

0
26

तस्बिर श्रोत बिवेकशिल नेपाली दल फेसबुक  

विगत दुई महिना देखि चलेको विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण- वार्ताले मुर्तरुप लिन लागेको छ l विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच एकताको घोषणा भोलि (बुधबार) हुने भएको छ ।वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आएका दुई पार्टी विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता हुने भएको हो। दुवै पार्टीका नेताहरु अहिले एकताको मोडालिटीबारे अन्तिम छलफलमा जुटिरहेका छन् ।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी (वा दल) रहन सक्ने स्रोतले बतायो । यसको विकल्पमा ‘साझा विवेकशील पार्टी पनि प्रस्ताव भएको स्रोतको भनाई छ । पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय बनाउने सहमति भएको छ । केन्द्रीय समितिमा अहिले दुवै पार्टीबाट १७/१७ जना राख्ने र पछि थप १७ जना मनोनित गरिने भएको छ ।

एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व रहने बताइएको छ । उनीहरुको अधिकार र बरियता समान रहने स्रोतले बतायो । उनीहरुको पदको नाम के राख्ने भन्नेमा छलफल जारी छ । वैचारिक र सैद्धान्तिक विषयहरु भने सबैजसो मिलिसकेका छन् । पहिले साझा पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने र त्यसपछि औपचारिक एकता गर्ने सहमति छ । जतिसक्दो चाँडो महाधिवेसन गरेर नयाँ नेतृत्व चयन गर्ने समझदारी बनिसकेको छ ।

तीन वर्षअघि स्थापना भएको विवेकशील नेपाली पार्टी विभिन्न क्षेत्रका स्थापित युवाहरु मिलेर स्थापना भएको पार्टीले दोस्रो सविधानसभा निर्वाचनमा भाग लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस