पहिरोले भोटेकोसीमाथिको लार्चा पुल भाँचियो

0
18

सिन्धुपाल्चोकमा  आइतबार बेलुका आएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएको छ । पुल भाँचिएपछि यातायात आवागमन अवरुद्ध बनेको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने ७५ मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले भाँचेको हो ।

पुलको बीच भाग भाँचिएपछि आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पुल भाँचिएपछि तातोपानी र बाह्रबिसेबीचको सम्बन्ध बिच्छेद भएको छ । यो पुल २ वर्षअघि मात्रै चिनियाँ सरकारको सहयोगमा निर्माण भएको थियो । यसअघि २०३८ मा पनि तातोपानीस्थित मितेरी पुललाई बाढीले बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस