नयाँशक्ति र संघीय समाजवादी फोरमको एकता भाँडियो

0
19

नयाँशक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टीवीच हुने भनिएको पार्टी एकता प्रक्रिया तत्कालका लागि लगभग अन्त्य भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवासमा आयोजित छलफलमा सहमति जुट्न नसकेपछि नयाँ शक्ति पार्टीका नेताहरु तत्काल फोरमसँग एकता नगर्ने निश्कर्षमा पुगेका छन् ।नयाँशक्ति स्रोतका अनुसार शनिबारसम्म जसरी भए पनि उपेन्द्र यादवसँग पार्टी एकता गर्नुपर्छ भन्ने अडान राखेका संयोजक डा. बाबुराम भट्टराई पनि आइतबार उपेन्द्र यादवसँगको छलफलपछि निराश बनेका छन् ।नयाँशक्ति पार्टी र फोरमका नेताहरु आइतबार बाबुराम भट्टराईको निवासमा पार्टी एकताका लागि छलफलमा जुटेका थिए । त्यहाँ फोरमका नेताहरुले एकीकृत पार्टीको नाममा ‘संघीय समाजवादी फोरम’ तीनवटै पदावली छाड्न मानेनन् ।

नामका साथै पदाधिकारी कति राख्ने भन्नेमा पनि यादव र भट्टराई समूहवीच कुरा नमिलेको नयाँ शक्तिका नेताको भनाइ छ । उपेन्द्र पक्षले हाल सबैलाई समेटेर जम्बो पदाधिकारी बनाउने प्रस्ताव अघि सारेको थियो तर भट्टराईपक्षले त्यसो गर्दा माओवादी केन्द्रको जस्तो भद्रगोल हुन्छ भन्दै सानो कामकाजी केन्द्रीय नेतृत्व बनाइनुपर्ने प्रस्ताव गरेको थियो । एकतापछि पार्टीको मुख्य नेता कसलाई बनाउने र अधिकारको बाडफाड कसरी गर्ने भन्नेमा पनि दुई पार्टीवीच कुरो नमिलेको नेताहरुले बताएका छन् । नेतृत्वको सवालमा बाबुराम भट्टराई लचिलो हुँदै उपेन्द्रलाई नेता मानेर अघि बढ्न तयार देखिएका थिए । तर, नयाँशक्तिभित्रका अरु नेताहरुले उपेन्द्रको ‘हाइट’ नपुग्ने भन्दै असहमति जनाएका थिए । 

यथास्थितिमा कुनै पनि हालतमा पार्टी एकता हुन नहुने भन्दै नयाँ शक्तीका आर्थिक बिभाग प्रमुख सुनिल खड्का सहीत ५० जना सदस्यले पार्टी नेत्रित्वको ध्यानआकार्ष्ण गराएका छन । उनिहरुले यथास्थितिमा पार्टी एकता भए बिद्रोह गर्ने चेतावनी समेत दिएका छन  । 

प्रतिक्रिया दिनुहोस