नेपाल बिद्यार्थी संघ द्वारा ८ लाख रुपैया बराबरको रहात बितरण, बाढी पीडित परिवारलाई दुई लाख प्रती परिवार तत्काल उपलब्ध गराउनु पर्छ – अध्यक्ष महर

0
41

नेपाल बिद्यार्थी संघ प्रदेश नम्बर २ को सम्योजकत्वमा नेबिसंघ केन्द्रिय समितिले सप्तरी, सिराहाका बाढी पीडित परिवार लाई ८ लाख बराबरको राहात सामाग्री बितरण गरेको छ । आज २ नम्बर प्रदेशमा आयोजित एक कार्यक्रम विच सो रहात सामाग्री बितरण गरिएको हो । नेपाल बिद्यार्थी संघले पीडित बिद्यार्थीहरु लाई झोला, कापी, कलम तथा पीडित परिवारलाई प्रती परिवार एक झुल,एक १५ किलो चामल, दाल, म्याट्रेस केही थान कपडा बितरण गरेको छ । राहात बितरण कार्यक्रमको प्रमुख अतिथी नेपाली काङ्रेशका केन्द्रिय सदस्य युवा नेता विश्व प्रकाश शर्माले जनताले बाँच्न पाउने नैसार्गिक अधिकार कसैले खोस्न नपाउने बताउदै नेबिसंघले मानबिय कार्य गरेर उदाराणीय काम गरेको बताउनु भयो । नेपाल बिबिध भौगलिक बिकटता भएकाले बर्षातको समयमा हुने प्राकृतिक प्रकोप बाट बाँच्न सरकार र सम्बन्धित निकायले पूर्व तयारी गर्नु पर्ने धारणा राख्नु भयो ।

बाढी पीडित परिवारलाई तत्काल प्रती परिवार २ लाख उपलब्ध गराउन माग

राहात बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बिद्यार्थी संघ केन्द्रिय अध्यक्ष नैन सिंह महरले बाढी पीडित परिवारलाई तत्काल प्रती परिवार २ लाख उपलब्ध गराउन माग गर्नु भयो । बर्षा बाढीका कारण बिद्यार्थीको स्कुल जान र पढ्न पाउने अधिकारबाट बन्चित भएकाले तत्काल घुम्ती स्कुल तयार गरी पीडित बिद्यार्थीहरुलाई पढ्ने बातावरण मिलाउन सरकार संग माघ गर्नु भयो ।
बाढी पीडितका लागि  एक दिने निशुल्क स्वास्थ शिबिर सन्चालन

नेपाल बिद्यार्थी संघ २ नम्बर प्रदेश र नेपाली काङ्रेश सप्तरीको आयोजनामा एक दिने स्वास्थ सिबिर आयोजना गरेको छ । शिविरमा कारीब ३५०० जना बढी पीडित ब्यक्तिले निशुल्क स्वास्थ जाच गर्नु का साथै निशुल्क औषधी बितरण गरेका थिए । बढी पीडित सुभास यादब भन्नु हुन्छ नेपाल बिद्यार्थी संघले बढी पीडित परिवारलाई गरेको सहयोग इश्वरिय कार्य भएको बताए । अहिले सम्म कुनै पनि राजनीतिक दलले सहयोग नगरिरहेको अवस्थामा नेबिसंघले सहयोग गरेर तराईका जनताको मन जित्न सफल भएको बताए । राहात बितरण तथा स्वास्थ्य शिविरको सम्योजन नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष एबम दुई नम्बर प्रदेश सम्योजक सञ्जय कुमार यादब गर्नु भएको थियो ।

असारमा आएको बाढीले सप्तरीका कञ्चनरूप नगरपालिका तथा तिरहुत, रूपनी, तिलाठी कोइलाडी र कृष्णासवरण गाउँपालिकाकालगायत दर्जनौँ गाउँमा पानी पसेर डुबानमा पारेको थियो। बाढीबाट त्यहाँका करिब एक हजार ५०० भन्दा बढी घर डुबानमा परेका थिए ।गत असार २६ गते बसेको मन्त्री परिषद्को बैठकले सप्तरीका बाढी पीडितलाई टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार रु २५ हजार राहत दिने निर्णय गरेको थियो ।