वाल्वा हुँदै पाल्पा पुस्तक सार्वजनिक, छाउपडी प्रथा सामाजिक समस्या – डा आराजु

0
59

डा आराजु देउवाले छाउपडी प्रथा सामाजिक समस्या रहेको भन्दै यो समस्या हटाउन युवा बिद्यार्थी र पढेलेखेका युवाहरु नै लाग्नु पर्ने बताउनु भएको छ। ३५ औ बिपी स्मृति दिवसको अबसरमा आज राजधानीको भिरकुटीमन्डप स्थित नेपाल पर्यटन बोर्डमा पर्यटन सम्बन्धी एक पुस्तक बिमोचन गर्दै डा आरजु देउवाले सो कुरा बताउनु भएको हो । नेपाल बिद्यार्थी संघकी सहमहामन्त्री महेश्वरी कुवर द्वारा लिखित वाल्वा हुँदै पाल्पा नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै बिपी कोईरालाले समाज सुधारको अवधारणाको सुरुवातले आज नेपालमा प्रजातन्त्रको स्थापना भएको कुरा स्मरण गर्दै बिपिलाई भुलेपनी बिपिको समाजवादी बिचारलाई भुल्न नसकिने बताउनु भयो ।नेपाली कङ्रेशकी सभासद डाक्टर आरजु देउवाले बिपी ब्यक्ती नभई बिचार भएको बताउदै आज लोकर्पण गरिएको पुस्तकले पाल्पाको चिनारी दिने भन्दै एक पटक पाल्पा घुम्न जानु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन सिंह महरले युवा बिद्यार्थी रचनाका सम्बहाक भएको कुरा आज नेबिसंघ सहमहामन्त्री महेश्वरी कुवरले प्रमाणित गरेको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महरले वाल्वा हुँदै पाल्पा पुस्तक पाल्पाको पूर्ण चिनारी रहेको बताउनु भयो । कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान गर्ने ब्यक्तीहरु लाई सम्मान गरिएको थियो । लेखिका कुवरका अनुसार पुस्तक बिक्री बाट आएको रकम सामाजिक कार्यमा खर्च गरिनेछ ।

कार्यक्रममा बिभिन्न प्रागिक ब्यक्तीहरुले पुस्तक माथि चर्चा तथा समालोचना गरेका थिए । पुस्तकको मुल्य रु २०० राखिएको छ ।