आइसिसी एसिया युथ–१९ विश्व कप छनोटमानेपालको तेस्रो जित

0
12

आइसिसी एसिया युथ–१९ विश्व कप छनोटमा नेपालले तेस्रो जित हात पारेको छ। शुक्रबार भएको खेलमा सिंगापुरलाई २२ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६.५ ओभरमा अल आउट हुँदै १ सय ६८ रन बनाएको थियो।

२० रन हुँदा पहिलो विकेट गुमाएको नेपालले ३२ रन हुँदा दोस्रो विकेट खेर फालेको थियो। टिमको स्कोर ७४ रन हुँदा चार विकेट गुमाइसकेको नेपालका लागि रोहितकुमार पौडेल र दिपेन्द्रसिंह ऐरीले पारी सम्हाल्ने प्रयास गरेका थिए। तर रोहित १५ रनमा आउट भएपछि नेपालको खातामा १ सय १५ रन हादा पाँच विकेट गुमाएको थियो।

नेपालका लागि सन्दिप सुनारले २६ रन बनाए। त्यसपछि १ सय २८ रन हुँदा पवन सराफ आउट भएपछि नेपालले छैटौ विकेट गुमायो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले अर्धसतक प्रहार गरे। जारी प्रतियोगितामा अर्धसतक प्रहार गर्ने दिपेन्द्र पहिलो नेपाली खेलाडी हुन्। तर, ब्यक्तिगत ५४ रनमा दिपेन्द्र पनि पेभेलियन फर्किएपछि नेपालले १ सय ४४ रनमा सात विकेट गुमायो।

पुछारमा आएका प्रकाश केसी पनि २३ रनमा आउट भएपछि नेपालले एक सय ६३ रनमा आठौं विकेट गुमायो। लगत्तै अनिल शाह पनि आउट भए भने ४६ ओभरको पाँचौ बलमा नेपाल १ सय ६८ रनमा अलआउट भयो। प्रतियोगितामा पहिलो पटक पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेल्न सकेन। बलिङ तर्फ सिंगापुरका विक्रम विर विश्वरोयले तीन विकेट लिए।